अमेरिकन संस्थाद्वारा गोदावरीलाई स्वास्थ्य सामग्री हस्तान्तरण

चापागाउँ । ललितपुर जिल्लाको गोदावरी नगर नगरपालिकाका प्रवक्ता एवम् वडा नम्बर ५ वडाध्यक्ष मिलन सिलवालको समन्वयमा स्वास्थ्य सामग्रीहरू हस्तान्तरण गरिएको छ ।

वडाध्यक्ष सिलवालको पहलमा डोल्ली ईन्टमेड ईन्टरनेश्नल युएसएले गोदावरी नगरपालिकालाई करीव ३ लाख बराबरको स्वास्थ्य सामग्रीहरू सोमबार हस्तान्तरण गरेको हो ।

संस्थाको प्रतिनिधि एवम् समाजसेवी कल्याण सिलवालले गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन् ।

स्वास्थ्य सामग्री गोदावारी नगरपालिकाभित्र पर्ने महिला स्वयंम सेविकाहरूलाई बितरण गरिएको छ ।

जरो नाप्ने थर्मल गन, अक्सिमिटर सेनिटाईजर, मास्क फेससिल, ग्लोब्स लगायतका स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको थियो ।

स्वास्थ्य सामग्री बितरण कार्यक्रममा नेपाली कांग्रेस युवा नेता एवम् केन्द्रीय खेलकुद विभागका सचिव मीनकृष्ण महर्जन, गोदवरी नगरपालिकाकी उप–मेयर मुना अधिकारी, गोदावरी नगरपालिकाका प्रवक्ता एवम् वडा नं. का वडाध्यक्ष मिलन सिलवाल, नेपाली कांग्रेस गोदावरी नगरका सभापति सुरज श्रेष्ठको उपस्तिथि रहेको थियो ।

युवा समाजसेवी सिलवालले चापागाउँको बज्रबाराही अस्पताल, लेले प्राथमिक स्वास्थ केन्द्र, देवीचौर हेल्थपोस्ट लगायत थुप्रै स्वास्थ्य संस्थामा स्वास्थ्य सामग्री वितरण गरिसकेका छन् ।

ललितपुरका विभिन्न स्थानमा स्वास्थ्य सामग्री बितरणको निम्ति सो संस्थाका प्रतिनिधि कल्याण सिलवालसंग कांग्रेस नेता महर्जन र गोदावारी नगरपालिकाका प्रवक्ता सिलवालले समन्वय गर्दै आएका छन् ।

Published : Monday, 2021 June 14, 4:21 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया