गण्डकीमा ओलीका छाउराहरूलाई औकातमा बस्न कांग्रेस नेता खतिवडाको चेतावनी

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसांसद एवम् युवा नेता रामहरि खतिवडाले गण्डकी प्रदेशमा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री खड्गप्रसाद ओलीका छाउराहरूले ‘कु’ गर्न लागेको भन्दै आलोचना गरेका छन् ।

कांग्रेस नेता खतिवडाले शनिबार ट्वीट गर्दै गण्डकी प्रदेशमा ओलीका छाउराहरू संविधानविरुद्ध प्रस्तुत भएको आरोप लगाए ।

‘लाज र नैतिकता नभएको मानिस सडकमा नाङ्गै हिड्न थाल्छन्’, खतिवडाले भने, ‘विश्वासको मतमा पराजित हुने, सदनमा बहुमत गुमाउने अनि कीर्ते गरेर सरकारको दाबी गर्ने ? केन्द्रमा ओली र प्रदेशमा छाउरा ओलीहरूफेरि संविधानविरुद्ध प्रस्तुत हुँदै छन् ।’

कांग्रेसका युवा नेता खतिवडाले ‘गण्डकीमा फेरि ‘कु’ हुँदै’ ट्वीटरमा लेखेका छन् ।

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा विश्वासको मत गुमाएका एमालेका नेता पृथ्वीसुब्बा गुरुङले संविधान विपरित कीर्ते गरेर फेरि मुख्यमन्त्रीमा दाबी पेश गरेपछि विरोध भएको छ ।

विपक्षी गठबन्धनबाट ३१ सांसदसहित कांग्रेस नेता कृष्णचन्द्र नेपाली पोखरेलले मुख्यमन्त्रीमा दाबी गरेका थिए । तर, संविधान विपरितको कार्य गर्दै एमालेका नेता गुरुङले कीर्ते गरेपछि विरोध भएको छ ।

Published : Saturday, 2021 June 12, 5:22 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया