भोजपुर कांग्रेसका नेता राईलाई पत्नी शोक

भोजपुर । नेपाली कांग्रेस भोजपुरका जिल्ला सदस्य एवम् साल्पासिलिछो गाउँपालिकाका अध्यक्ष महेश राईलाई पत्नी शोक परेको छ ।

अध्यक्ष राईकि धर्मपत्नी सरु गिरीको निधन भएको नेपाली कांग्रेसका युवा नेता एवम् नेपाल तरुण दलका केन्द्रीय उपाध्यक्ष उत्तम चापागाइँले जानकारी दिए ।

सरु गिरीको जेठ २९ गते साल्पासिलिछो गाउँपालिकाको चौकीडाडामा हृदयघातका कारण निधन भएको चापागाइँले बताए ।

तरुण दलका उपाध्यक्ष चापागाइँले अध्यक्ष राई र उनको परिवारप्रति समवेदना प्रकट गरेका छन् । स्व.गिरीप्रति कांग्रेस नेता चापागाइँले श्रद्धाञ्जलि व्यक्त गरेका छन् ।

Published : Saturday, 2021 June 12, 2:10 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया