ललितपुरमा कांग्रेसका पराजित नेताहरू जनताको सेवा गर्दै, नवराज–चेतनाथहरू ओलीको भजन गाउन बिजी

गोदावरी । ललितपुर जिल्लामा नेपाली कांग्रेसका तीन जना नेताहरूको पहलमा समाजसेवी कल्याण सिलवालले गोदावर नगरपालिकालाई ५ लाखभन्दा धेरैको स्वास्थ्य सामग्रीहरू उपलब्ध गराएका छन् ।

कांग्रेसका नेता उदयशम्शेर राणा, नेपाली कांग्रेस खेलकुद विभागका सचिव मीनकृष्ण महर्जन र नेता ऋषिराम घिमिरेको पहलमा स्थानीय युवा समाजसेवी सिलवालले मंगलबार ५ लाखभन्दा बढीको स्वास्थ सामग्री मेयर गजेन्द्र महर्जनलाई हस्तान्तरण गरेका हुन् ।

स्वास्थ सामग्री गोदावरी नगरपालिका वडा नम्बर ५ स्थित लेले प्राथमिक स्वास्थ्य केन्द्रलाई हस्तान्तरण गरिएको कांग्रेसका युवा नेता महर्जनले जानकारी दिए ।

समाजसेवी सिलवाललले अक्सिजन सिलिण्डर ५ थान, अल्ट्रासाउण्ड मेसिन, पीपी सेट, सेनिटाईजर, मास्क, ग्लोब्स लगायतका स्वास्थ्य सामग्री दिएका छन् ।

कांग्रेस नेता महर्जनले सेनिटाईजर, ग्लोब्स, मास्क, पीपीसेट गरि ५० हजारभन्दा बढिको स्वास्थ्य सामग्री छुट्टै हस्तान्तरण गरेका थिए ।

गोदावरी नगरपालिका प्रवक्ता एवम् वडा नम्बर ५ का वडाध्यक्ष मिलन सिलवालको सभापतित्वमा सम्पन्न कार्यक्रम सम्पन्न भएको थियो ।

वडाध्यक्ष सिलवालले स्वास्थ सामग्री दिने समाजसेवी कल्याण सिलवाल र पहल गरिदिने कांग्रेस नेता राणा महर्जन र घिमिरेलाई धन्यावाद दिएका छन् ।

यसअघि, नेताद्वय राणा र महर्जनको पहलमा बज्रबाराही अस्पताललाई २ वटा भेण्टिलेटर समेत उपलब्ध गराइएको थियो ।

अघिल्लो वर्ष कोरोना महामारीका बेला कांग्रेस नेता महर्जनले लगनखेल डोजोमा निमुखा, दैनिक ज्याला मजदुरी गरेर खाने परिवार र अति विपन्न परिवारलाई करीव २ महिनासम्म खाना खुवाएका थिए ।

त्यस बेला महर्जनले डोजोमा बिहान र बेलुकीको खाना खुवाउनुका साथै गोदावरी नगरपालिकाको चापागाउँमा १ महिनासम्म ‘हुनेले दिएर जाऔँ, नहुने लिएर जाउँ’ भन्ने नारासहित फुड बैंक सञ्चालन गरेका थिए ।

फुड बैंक तरुण दलका क्षेत्रीय सचिव अनिल श्रेष्ठको संयोजकत्वमा सञ्चालन भएको थियो ।

कांग्रेस नेता राणा ललितपुर क्षेत्र नम्बर १ का प्रतिनिधि सभा उम्मेदवार थिए । महर्जन पनि ललितपुर क्षेत्र नं. १ को प्रदेश सभा निर्वाचन क्षेत्र नं. २ का उम्मेदवार थिए । युवा नेता महर्जन झिनो मतले पराजित भएका थिए ।

कार्यक्रममा गोदावरी नगरपालिकाकी उप–मेयर मुना अधिकारी, बागमती गाउँपालिका प्रवक्ता एवम् वडाध्यक्ष विष्णु तिमिल्सिना लगायतको उपस्थिति रहेको थियो ।

यो क्षेत्रबाट एमालेबाट नवराज सिलवालले जितेका थिए । प्रधानमन्त्री खड्गप्रसाद ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको मिलोमतोमा प्रतिनिधि सभा विघटन भएपछि नवराज सिलवालको सांसद पद फुत्किएको छ ।

पूर्वसांसद नवराज सिलवाल र प्रदेश सांसद चेतनाथ सञ्जेलले ललितपुरमा काम गर्न नसकेको भनेर आलोचना हुँदै आएको छ ।

नवराज सिलवाल र चेतनाथ सञ्जेल बेपत्ता भएपनि कांग्रेसबाट पराजित कांग्रेस नेताहरूले महामारीको प्रवाह नगरेर जनताको सेवामा सक्दो सहयोग र सेवा गर्दै आएका छन् ।

Published : Tuesday, 2021 June 8, 8:35 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया