गोदावरी–५ का वडाध्यक्ष सिलवालद्वारा मुटुको बिरामी रञ्जितालाई आर्थिक सहयोग

गोदावरी । ललितपुर जिल्लाको गोदावरी नगरपालिकाका प्रवक्ता एवम् वडा नम्बर ५ का वडाध्यक्ष मिलन सिलवालले मुटुरोगको उपचार गराउँदै आएकी ९ वर्षीया बालिका रञ्जिता तामाङलाई उपचार खर्च दिएका छन् ।

विगत १ वर्षदेखि तामाङले शहीद गंगालाल हृदयरोग केन्द्र, बाँसबारी, काठमाडौंमा मुटुको उपचार गराउँदै आएकी छिन् । वडाध्यक्ष सिलवालले तामाङलाई दश हजार सहयोग गरेका हुन् । तामाङलाई सानै उमेरमा मुटुको समस्यो थियो ।

वडाध्यक्ष समेत रहेका नेपाली कांग्रेसका युवा नेता सिलवालले बालिकालाई उपचार खर्च दिएपछि परिवारजन र छरछिमेकीहरू खुसी भएका छन् ।

सिलवाल गएको स्थानीय निर्वाचनमा नेपाली कांग्रेसबाट वडाध्यक्षमा अत्याधिक मतले विजय भएका थिए ।

सानै उमेरदेखि सामाजिक कार्यमा सक्रिय सिलवाल ललितपुर क्षेत्र नम्बर १ मा निकै लोकप्रिय मानिन्छन् । सिल्वालले आफ्नो वडामा पनि विकास निर्माणका कार्य तिब्रताका साथ बढाइरहेका छन् ।

सिलवाल गोदावारी नगरपालिकाका वडाध्यक्षहरूमध्य कान्छो वडाध्यक्षमा पर्छन् ।

सिलवालको सामाजिक कार्य र विकास निर्माणका कार्य देखेर ललितपुर जिल्लाभरिका कांग्रेसका नेता कार्यकर्ता खुशी छन् । वडाबासीले वडाध्यक्ष सिल्वालको खुलेरै प्रशंसा गर्ने गर्छन् ।

स्थानीय युवा उसु खेलका अन्तर्राष्ट्रिय खेलाडी गएको १३औँ सागका कास्य पदक विजेता निकेश श्रेष्ठले वडाध्यक्ष सिलवालको कामबाट आफूहरू सन्तुष्ट रहेको बताए । ‘मिलन दाई गोदावारी नगरपालिका वडा नम्बर ५ का लागि भगवान नै हुनुहुन्छ’, श्रेष्ठले भने, ‘यहाँ हरेकाका समस्या समाधान गर्ने, दुखी गरिब जनताको सेवामा सदैब समर्पित हुने भनेकै मिलान दाई नै हो । समाजसेवामा समर्पित वडाध्यक्ष मिलन दाईको प्रशंसा नगरेर कस्को गर्ने ?’

लेलेका स्थानीय रविन्द्र अधिकारीले वडाध्यक्ष मिलन सिलवालले वडामा राम्रो काम गरेको बताएका छन् । अधिकारीले भने, ‘मिलन भाई वडाध्यक्ष भएदेखि लेलेमा विकास निर्माण कार्य राम्रोसँग अगाडि बढेको छ । यस्तै तरिकाले अगाडि बढ्ने हो भने वडाको ठूलो विकास हुनेछ ।’

वडाध्यक्ष सिलवाल नेपाली कांग्रेसका युवा नेता एवम् खेलकुद विभागका सचिव मीनकृष्ण महर्जन निकट मानिन्छन् । महर्जनले सिलवाललाई वडाको सामाजिक कामहरूमा सहयोग पनि गर्दै आएका छन् ।

Published : Tuesday, 2021 June 8, 7:46 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया