ओलीको पार्टीका सचिवले मन्त्रीको…भेट, असली औकातमा आए एमालेहरू
धनगढी । सत्तारुढ एमालेभित्रको विवाद बढेर जाँदा नेताहरूका बीच हातहालाहालको अवस्था सिर्जना भएको छ ।
सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री दीर्घ सोडारीले एमाले सुदूरपश्चिम प्रदेश समितिका सचिव राजेन्द्रसिंह रावलमाथि हातपात गरेका छन् ।
पार्टी नेतृत्वको निर्देशानुसार सोमबार एमालेका मन्त्रीसहित प्रदेश सभा सदस्यहरूलाई पत्र पुर्याउन गएका रावलमाथि सोमबार साँझ करीव साढे ७ बजे हातपात र दुर्व्यवहार भएको हो ।
सचिव रावलले पत्र बुझाउन गएका बेला आफूलाई मन्त्री सोडारीले अपमान गरेको आरोप लगाए । उनले मंगलबार मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत लिने कार्यक्रम भएकाले विपक्षमा मत जाहेर गर्न आशयको पत्र बुझाउन गएको बताए ।
मन्त्री सोडारीले कार्यकक्षमा कठालो समातेर दुर्व्यवहार गरेको रावलले बताएका छन् ।
सुदूरपश्चिम प्रदेशमा अध्यक्ष खड्गप्रसाद ओली समूह कमजोर छ । वरिष्ठ नेता माधवकुमार नेपाल समूह बलियो छ । नेपाल समूहले मुख्यमन्त्री भट्टलाई मतदान गर्ने तयारी गरेको छ । ओली समूह मुख्यमन्त्री भट्टको विपक्षमा मतदान गर्ने तयारीमा छ ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया