काठमाडौंमा तास खेल्ने र खेलाउने महिलाहरूसहितको ग्याङ पक्राउ

काठमाडौं । निषेधाज्ञाका बेला काठमाडौंमा तास खेलाउने र खेल्ने दश जनाको समूह पक्राउ परेको छ । मुख्य व्यक्ति फरार भएकी छिन् ।

काठमाडौं महानगरपालिका–२६ गोंगबुचोक डेरा गरी बस्ने फ्रिदा जोशीको कोठामा तास खेलिरहेको अवस्थामा प्रहरीले छापामारेर पक्राउ गरेको जनाएको छ ।

काभ्रे साँगा घर भई हाल काठमाडौं कलंकी बस्ने ४५ वर्षीया सरिता जोशी लगायत १० जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको जनाएको छ ।

फ्रिदा जोशीको कोठामा ताल खेलाइरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख १५ हजार ५ सय रुपियाँ र ३ बुक तास सहित फेला पारी पक्राउ गरेको प्रहरीले जनाएको छ ।

हाल फरार फिद्रा जोशीको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको विज्ञप्तिमा उल्लेख छ ।

यसैबीच, प्रहरीले भक्तपुरको सूर्यविनायक नगरपालिका–४ दक्षिणबाराही मन्दिर नजिक चौताराबाट एसएलआर राइफलको ५ थान लाइभ गोली आइतबार दिउँसो प्रहरीले बरामद गरेको छ ।

सोही ठाउँस्थित चौताराको मर्मत गर्ने क्रममा उक्त गोली फेला परेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले उक्त गोली बरामद गरेको हो ।

उता, धनकुटा जिल्लाको छथरजोरपाटी गाउँपालिका–३ स्थित चिहानडाँडा जंगलबाट वेवारिसे अवस्थामा रहेको १ थान लोड गरी राखिएको एकनाले भरुवा बन्दुक, बट बिनाको १ थान बन्दुकको नाल र त्यसमा प्रयोग हुने २० थान छर्रा आइतबार बिहान प्रहरीले बरामद गरेको छ ।

प्रदेश प्रहरी कार्यालय बिराटनगर र जिल्ला प्रहरी कार्यालय धनकुटाबाट खटिएको संयुक्त प्रहरी टोलीले गस्ती गर्दै जाने क्रममा उक्त बन्दुक र छर्रा फेला पारी बरामद गरेको हो ।

त्यसैगरी, रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका–३ भोलनटार बस्ने ३५ वर्षीय कुलबहादुर घिसिङ गोली लागेर आइतबार दिउँसो घाइते भएका छन् ।

सोही ठाउँस्थित जंगलमा बाख्रा चराउन गएको अवस्थामा अचानक बायाँ घुडामुनि गोली लागेर घाइते भई उपचारका लागि आफन्तले नयाँ मेडिकल कलेज चितवनमा लगेको खुल्न आएको छ । हाल उनको अवस्था गम्भीर रहेको छ ।

Published : Monday, 2021 June 7, 4:39 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया