अर्को प्रदेशमा पनि कांग्रेसको भाग्य चम्कियो, एमाले कालोनिलो बन्यो
जनकपुरधाम । नेपाली कांग्रेस प्रदेश २ संसदीय दलले जनता समाजवादी पार्टी, नेपाल (जसपा) सँग सत्ता साझेदारीबारे निर्णय गर्ने अधिकार संसदीय दलका नेता रामसरोज यादवलाई दिएको छ ।
जनकपुरधाममा आइतबार बसेको कांग्रेस संसदीय दलको बैठकले नीति कार्यक्रम, बजेट र सत्ता साझेदारीको विषयमा निर्णय गर्ने अधिकार नेता यादवलाई दिएको हो ।
प्रदेश २ सरकारले ल्याउन लागेको नीति तथा कार्यक्रम, बजेट र केन्द्रकै गठबन्धन अनुसार सत्ता साझेदारी गर्न आफूलाई अधिकार दिएको यादवले बताएका छन् ।
प्रदेश २ मा नीति तथा कार्यक्रम पारित, नयाँ सत्ता समीकरणका लागि निर्णायक देखिएकाले जसपा कांग्रेससँग सत्ता साझेदारीका लागि निरन्तर छलफलमा छ ।
कांग्रेस नेता यादवले जसपा अध्यक्ष उपेन्द्र यादवसँग पनि सत्ता साझेदारीका विषयमा कुराकानी भएको बताएका छन् ।
औपचारिक रुपमा जसपा विभाजित हुने अवस्थामा पुगेको छ । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले महन्थ ठाकुर–राजेन्द्र महतो समूहका चार मन्त्रीलाई अपदस्थ गरिदिएका छन् ।
राउतले कांग्रेस र माओवादीसँग मिलेर सरकार बनाउने तयारी गरेका छन् । कांग्रेस र माओवादी केन्द्र केन्द्र सरकारमा सहभागी भ एभने प्रदेश २ मा एमाले प्रमुख प्रतिपक्ष हुनेछ ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया