अर्को प्रदेशमा पनि कांग्रेसको भाग्य चम्कियो, एमाले कालोनिलो बन्यो

जनकपुरधाम । नेपाली कांग्रेस प्रदेश २ संसदीय दलले जनता समाजवादी पार्टी, नेपाल (जसपा) सँग सत्ता साझेदारीबारे निर्णय गर्ने अधिकार संसदीय दलका नेता रामसरोज यादवलाई दिएको छ ।

जनकपुरधाममा आइतबार बसेको कांग्रेस संसदीय दलको बैठकले नीति कार्यक्रम, बजेट र सत्ता साझेदारीको विषयमा निर्णय गर्ने अधिकार नेता यादवलाई दिएको हो ।

प्रदेश २ सरकारले ल्याउन लागेको नीति तथा कार्यक्रम, बजेट र केन्द्रकै गठबन्धन अनुसार सत्ता साझेदारी गर्न आफूलाई अधिकार दिएको यादवले बताएका छन् ।

प्रदेश २ मा नीति तथा कार्यक्रम पारित, नयाँ सत्ता समीकरणका लागि निर्णायक देखिएकाले जसपा कांग्रेससँग सत्ता साझेदारीका लागि निरन्तर छलफलमा छ ।

कांग्रेस नेता यादवले जसपा अध्यक्ष उपेन्द्र यादवसँग पनि सत्ता साझेदारीका विषयमा कुराकानी भएको बताएका छन् ।

औपचारिक रुपमा जसपा विभाजित हुने अवस्थामा पुगेको छ । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले महन्थ ठाकुर–राजेन्द्र महतो समूहका चार मन्त्रीलाई अपदस्थ गरिदिएका छन् ।

राउतले कांग्रेस र माओवादीसँग मिलेर सरकार बनाउने तयारी गरेका छन् । कांग्रेस र माओवादी केन्द्र केन्द्र सरकारमा सहभागी भ एभने प्रदेश २ मा एमाले प्रमुख प्रतिपक्ष हुनेछ ।

Published : Sunday, 2021 June 6, 10:34 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया