लायन्स क्लवको अन्तर्राष्ट्रिय डाइरेक्टरमा बुर्लाकोटीको शानदार जित

काठमाडौं । लायन्स क्लब इन्टरनेशनल मल्टिपल डिष्ट्रिक्ट ३२५ को अन्तर्राष्ट्रिय डाइरेक्टरमा बालकृष्ण बुर्लाकोटी फराकिलो मतअन्तरले निर्वाचित भएका छन् ।

लायन्स क्लब गोंगबुका संस्थापक अध्यक्ष बुर्लाकोटी शनिबार भएको निर्वाचन प्रक्रियामा अन्तर्राष्ट्रिय डाइरेक्टरमा निर्वाचित भएका हुन् ।

बर्लाकोटी १६४४ मतसहित विजयी भएको लायन्स क्लवका सदस्य प्रकाशकुमार श्रेष्ठले जानकारी दिए ।

मतदान प्रक्रियामा २९८२ मतमध्ये २८३४ मत खसेको थियो । विपक्षी उम्मेदवारले ११६७ मत पएका थिए ।

यसअघि, सन् २००८–९ मा लायन्स क्लवमा प्रवेश गरेका बुर्लाकोटीले थोरै समयमै २०१६–१७ मा गभर्नर बन्न सफल भएका थिए । उनी कसैको दयामायाले गभर्नर भएका थिएनन् । बुर्लाकोटीले आफ्नो उचाइँ सेवाप्रतिको लगावका कारण भएको थियो ।

आफ्नो गभर्नर कालमा उनले नेपालका लायन्स क्लबलाई सेवा कार्यमा विश्वमा नै सर्वोत्कृष्ट बनाउनुको साथै लायन्स क्लब स्थापना भएको १००औं वर्ष पुगिरहँदा १०० वटा नयाँ क्लब स्थापना गरेर विश्वलाई नै चकित पारेका थिए ।

सेवाकार्यमा पनि आफ्नो डिष्ट्रिक्टलाई नेपालका अन्य डिष्ट्रिक्टभन्दा उत्कृष्ट मात्र नभई विश्वमै उत्कृष्ट बनाउन पनि बुर्लाकोटी सफल भएका थिए ।

Published : Sunday, 2021 June 6, 12:08 am

फेसबुकबाट तपाईको प्रतिक्रिया