राजेन्द्र महतोलाई कुर्सीबाट गलहत्याउन माग, काठमाडौंमा प्रहरीको ठूलो धरपकड

काठमाडौं । खड्गप्रसाद ओली नेतृत्वको कामचलाउ कम्युनिस्ट सरकारका उप–प्रधान एवम् शहरी विकासमन्त्री राजेन्द्र महतोको अभिव्यक्तिको विरोधमा युवा विद्यार्थीले विरोध प्रदर्शन गरेका छन् ।

काठमाडौंमा शनिबार महतोविरुद्ध नारावाजी गर्दै पुत्ला समेत जलाइएको छ । युवा विद्यार्थीले महतोलाई बर्खास्त गरेर कारबाही गर्न माग गरेर प्रदर्शन भएको हो । प्रदर्शकारीले महतोलाई मन्त्रीको कुर्सीबाट गलहत्याएर निकाल्न पनि माग गरेका छन् ।

प्रदर्शनका क्रममा प्रहरीले केही युवा विद्यार्थीलाई पक्राउ समेत गरेको छ । प्रदर्शकारी युवा विद्यार्थी र प्रहरीबीच केही समय धक्कामुक्का समेत भएको छ । युवा विद्यार्थीले महतोलाई कारबाही गर्न माग गर्दै महतो र ओलीविरुद्ध नावाराजी गरेको प्रत्यक्षदर्शीले बताएका छन् ।

महतोले संविधान विपरितको अभिव्यक्ति दिँदै बहुल राष्ट्रिय राज्य बनाउने एजेण्डा बोकेर सरकारमा सहभागी भएको बताएपछि विरोध शुरु भएको छ ।

Published : Saturday, 2021 June 5, 10:39 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया