राजेन्द्र महतो समूह सरकारमा सहभागी भएको अर्को दिन मूल्य वृद्धि, ओलीको नयाँ उपहार
काठमाडौं । कामचलाउ सरकारका कम्युनिस्ट प्रधानमन्त्री खड्गप्रसाद ओलीको सरकारले निषेधाज्ञाका बेलाफेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।
ओलीले शुक्रबार मात्रै महन्थ ठाकुर–राजेन्द्र महतो समूहलाई सहभागी बनाएर मन्त्रिपरिषद पुनर्गठन गरेका थिए । मन्त्रिपरिषद पुनर्गठन भएको अर्को दिन शनिबार ओली सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।
नेपाल आयल निगमले डिजेल, पेट्रोल, मट्टितेल र आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटरमा दुई रुपैयाँले बृद्धि गरेको छ ।
मूल्यबृद्धिपछि काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १२५, डिजेल तथा मट्टितेलको १०८ र हवाई इन्धन आन्तरिकतर्फको मूल्य प्रतिलिटरमा ८० रुपैयाँ पुगेको निगमले जनाएको छ ।
निषेधाज्ञाकै बीचमा गत जेठ दुई गते पनि निगमले इन्धनको मूल्य बृद्धि गरेको थियो ।
बृद्धि भएको पेट्रोलियम पदार्थको मूल्य शनिबार राति १२ बजेबाट लागू हुनेगरी बढेको निगमले जनाएको छ ।
निगमलाई पेट्रोलमा ५ रुपैयाँ ३२ पैसा, डिजेल तथा मट्टितेलमा ३ रुपैयाँ १७ पैसा र खाना पकाउने ग्यासमा २५८ रुपैयाँ ४६ पैसा प्रतिसिलिण्डर घाटा रहेको जनाइएको छ ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया