सह–महामन्त्री डा.महतद्वारा पञ्चकन्या क्लवलाई आर्थिक सहयोग, काठमाडौंमा खाना खुवाउँदै

काठमाडौं । नेपाली कांग्रेसका सह–महामन्त्री एवम् पूर्वमन्त्री डा.प्रकाशशरण महतले पञ्चकन्या युवा क्लवद्वारा निःशुल्क खाना खुवाउने अभियानको प्रशंसा गर्दै आर्थिक सहयोग गरेका छन् ।

काठमाडौं क्षेत्र नं. ५ काठमाडौं महानगरपालिका वडा नं. ४ स्थित पञ्चकन्या युवा क्लबका युवाहरूले निःशुल्क खाना खुवाउने अभियोगलाई हौसला दिन डा.महतले शुक्रबार सहयोग गरेका हुन् ।

क्लवले प्रत्येक दिन ३०० जनालाई खाना खुवाउने गरेको छ । अस्पतालहरू र कोरोनाका कारण खान नपाएका सर्वसाधारणलाई क्लवले खाना खुवाउने गरेको छ ।

सह–महामन्त्री डा.महतले क्लवले गरेको कार्य अत्यन्तै सह्रानीय रहेको बताएका छन् । उनले भने, ‘मैले पनि सानो सहयोग गरेको छु । मेरो सानो सहयोगले पञ्चकन्या युवा क्लवका साथीहरूलाई हौसला मिल्छ ।’

सरकारले गर्नु पर्ने काम क्लवका भाइबहिनीहरूले गरिरहेको डा.महतले बताएका छन् ।

Published : Saturday, 2021 June 5, 12:43 am

फेसबुकबाट तपाईको प्रतिक्रिया