कम्युनिस्टद्वारा कांग्रेस नेता खतिवडाको प्रशंसा, जितेका सांसद एमाले फुटाउन बेपत्ता

काठमाडौं । एमालेका नेताहरू सत्ताका लागि मारामार गरिरहेका बेला नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडा भने कोरोना महामारीबाट जनताको जीवन कसरी बचाउन सकिन्छ भनेर दिनरात सक्रिय छन् ।

गृहजिल्ला ओखलढुंगामा खतिवडाले स्वास्थ्य सामग्री पु¥याउनेदेखि कोरोनाको नमूना परीक्षणलको पीसीआर मेसिन राख्नेसम्मका सबै कामहरूमा आफूलाई सक्रिय बनाएका छन् । खतिवडाले बिहीबार मात्रै करीव ७ लाख बराबरको स्वास्थ्य सामग्रीहरू लगेर जिल्ला प्रशासन कार्यालयमार्फत वडाहरूलाई हस्तान्तरण गरेका छन् ।

खतिवडाले अग्रपंक्तिमा रहेर जनताको उपचारमा खटिएका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरूलाई पनि स्वास्थ्य सामग्रीहरू उपलब्ध गराएका छन् ।

खतिवडाले ओखलढुंगाका बिरामीलाई हेलिकप्टरमा काठमाडौं ल्याएर उपचार गराउनेदेखि स–साना सहयोग गर्नसम्मेत भ्याउने गरेका छन् ।

जिल्लाबासी भनेपछि कांग्रेस वा कम्युनिस्ट जो भए पनि सहयोग गर्ने बानी भएका कारण खतिवडा ओखलढुंगामा सबैका सामु लोकप्रिय छन् ।

कांग्रेस नेता खतिवडाको सामाजिक कार्यको एमाले र माओवादीका नेता तथा कार्यकर्ताहरूले नै प्रशंसा गर्न बाध्य भएका छन् । प्रतिनिधि सभाको निर्वाचनमा खतिवडा पराजित भएका थिए । खतिवडा पराजित भए पनि आफूलाई कहिल्यै पनि हारेको महशुस नगरिकन जनताको सेवामा समर्पित भएका छन् ।

नेपाली कांग्रेसका नेता रुद्र अधिकारीले ओखलढुंगाको विकास र जनताको सेवाका लागि खतिवडाबाट भएको योगदानको प्रशंसा गरेका छन् । उनले कांग्रेस र कम्युनिस्ट नभनेर खतिवडाले सधैँ आफूलाई जनताको सेवामा लगाउने गरेको बताए ।

कांग्रेस नेता कृष्ण खनालले खतिवडाबाट भूकम्प र कोरोना महामारीका बेला सधै आफूलाई जनताको सेवामा लगाउँदै आएको बताए ।

कांग्रेस नेता डिल्ली खनालले खतिवडाले बिरामी, सुत्केरी लगायत ओखलढुंगाको जनताको सेवामा समर्पित गरेको बताए ।

ओखलढुंगा निवासी टीका जी नाम गरेका व्यक्तिले कांग्रेस नेता खतिवडाको फेसबुकमा प्रशंसा गरेका छन् । ‘मान्छे भगवान हुन सक्दैन तर, उसले चाहँदा गर्ने कर्म भगवानको भन्दा कम हुन सक्दैन भन्ने उदाहरण हुन् रामहरि खतिवडा’, टीकाले लेखेका छन्, ‘विपत्तीमा कहिले जस्ता बोकेर, कहिले औषधि बोकेर जनताको घरमा भेटिनु आफ्नो ज्यानको प्रवाहभन्दा पनि जनताको ध्यानको प्रवाह गर्ने नेता बिरालै भेटिन्छन् ।’

उनले भनेका छन्, ‘ नेपालमा तेस्तै बिरलै भेटिनेमध्य एक हुन् रामहरि खतिवडा । सहयोग के गर्नु भयो कति गर्नु भयो तपसिलमा राखेर हेरौला । तर दुखीको घरमा दुःख पर्दा मलमपटि बनेर जानु साना–साना सहयोगमा नै धेरै खुसी लुकेको हुन्छ ।’

‘सबै मानव जाती एकै ठान्न सक्ने तपाईको सहासको म सदैव गर्व गर्दछु कोभिड महामारीको बीचमा स्वस्थ्य सामग्री बोकेर जिल्ला जानु भयो रे भन्ने खबर सुन्दा खुसीले मन गदगद भएको छ’, उनले भने, ‘धन्यवाद नेताजी जति प्रशंसा गरे पनि कमी होला धन्यवाद मात्र भने अहिले लाई मैले फेसबुकको भित्तामा मनको कुरा लेख्दा कसैलाई लाग्दो होला नेताको चाकडी ग¥यो भनेर ।’

उनले भने, ‘मेरो अभिप्राय भनेको पार्टी जुनसुकै व्याक्ति जुनसुकै होस् । उसको कार्यको गुण र दोशको आधारमा आलोचना र समालोचना गर्ने सकारात्मक र रचनात्मक टिप्पणी गर्ने हो ।’

‘अरुले कसरी लिन्छन् ? कसरी चिन्छन् ? सवाल रहेन । मलाई थाहा छ मागेको रोटीले मेरो पेट भरिन्न, मागेको धोतीले मेरो लाज छोपिन्न । तसर्थ कसैलाइ अन्तिम भरोसा ठानेर कसैको गुलाम बन्दिन तर सदैव सत्य ओकल्न छाडिन्न बिचार मिल्नेसँग जोडिने नमिल्नेसँग छोडिने हो ।’

ओखलढुंगाबाट एमालेका नेता यज्ञराज सुनुवार प्रतिनिधि सभामा विजयी भएका छन् । उनी एमाले पार्टी विभाजन गर्न हिँडेका छन् । तर, कांग्रेस नेता खतिवडा पराजित भएर पनि जनताको सेवामा सक्रिय छन् ।

कांग्रेस नेता खतिवडाले ओखलढुंगामा सडक, खानेपानी, बिजुली, पुल लगायतका योजनाहरू लगेका छन् । नेता खतिवडाले जिल्लामा लगेका विकास कार्यक्रमलाई एमालेका नेता सुनुवारले मैले ल्याएको हुँ भनेर बेलाबेला उद्घाटन गर्दा विवादित हुने गरेका छन् ।

Published : Saturday, 2021 June 5, 12:31 am

फेसबुकबाट तपाईको प्रतिक्रिया