डिष्ट्रिक्ट ३२५ को कन्भेन्सनमा बुर्लाकोटीको जित सुनिश्चित

काठमाडौं । लायन्स क्लब इन्टरनेशनल मल्टिपल डिष्ट्रिक्ट ३२५ को कन्भेन्सन शनिबार र आइतबार दुई दिन हुँदैछ ।

कन्भेन्सन अगावै इन्टरनेशनल डाईरेक्टरको लागि एलसिआईएफ एरिया लिडरको विजय सुनिश्चित भएको स्पष्ट देखिएको छ ।

आईडीको लागि नेपालका चार वटा डिष्ट्रिक्टमध्ये तीन वटाबाट उम्मेदवारी दिइएको छ ।

ए १ बाट खगेन्द्र सिटौला, ए २ बाट शम्भु घिमिरे र बि १ बाट बालकृष्ण बुर्लाकोटीले उम्मेदवारी दिएका छन् ।

त्यसमध्ये राष्ट्रिय एकताको लागि भनेर ए २ का शम्भु घिमिरेले उम्मेदवारी फिर्ता लिइसकेका छन् ।

बाँकी उम्मेदवारमा दुवै जना लायन्स क्लबमा महत्वपूर्ण व्यक्ति छन् । दुवैको लायन्स क्लबको लागि योगदान पु¥याएका विशिष्ट व्यक्तित्व रहेका हुनाले चुनावी प्रचार–प्रसार जोडतोडका साथ गरिएको छ ।

सन २००८–९ मा लायन्समा प्रवेश गरेका बालकृष्ण बुर्लाकोटीले थोरै समयमै २०१६–१७ मा गभर्नर बन्न सफल भएका थिए ।

उनी कसैको दयामायाले गभर्नर भएका थिएनन् । बुर्लाकोटीले आफ्नो उचाइँ सेवाप्रतिको लगावका कारण भएको थियो ।

आफ्नो गभर्नर कालमा उनले नेपालका लायन्स क्लबलाई सेवा कार्यमा विश्वमा नै सर्वोत्कृष्ट बनाउनुको साथै लायन्स क्लब स्थापना भएको १००औं वर्ष पुगिरहँदा १०० वटा नयाँ क्लब स्थापना गरेर विश्वलाई नै चकित पारेका थिए ।

सेवाकार्यमा पनि आफ्नो डिष्ट्रिक्टलाई नेपालका अन्य डिष्ट्रिक्ट भन्दा उत्कृष्ट मात्र नभई विश्वमै उत्कृष्ट बनाउन पनि बुर्लाकोटी सफल भएका थिए ।

नेपालका लायन्स क्लब चार वटा डिष्ट्रिक्टका अधिकांश लायन्सहरू जनसेवामा जीवन समर्पित गर्ने बालकृष्ण बुर्लाकोटी नै इन्टरनेसनल डाईरेक्टर पदको वास्तविक हकदार भएको बताउँछन् ।

ए १ का लायन्स नेतृत्वहरू मात्रै बुर्लाकोटीभन्दा पुरानो सिटौला भएकोले इन्टरनेसनल डाईरेक्टरमा उनलाई अवसर दिनुपर्ने भन्दै वकालत गरेको देखिएको छ ।

ए १ कै कतिपय लायन्स सदस्यहरू पुरानो नेताहरूको कारण देशको अवस्था बिग्रेको उदाहरण दिदै लायन्स क्लबको हित र मानव सेवाको निम्ति नयाँ र पुरानो भन्ने भन्दापनि सक्षममध्ये अझै सक्षम लायन्स लिडरलाई अघि बढाउन पर्ने बताउँछन् ।

यतिसम्म आकलन गर्दा के देखिन्छ भने बुर्लाकोटीको जीत पक्कापक्की भएको छ । सबै डिष्ट्रिक्टको मतदाताको संख्या हेर्ने हो भने पनि यस्तो देख्न सकिन्छ ।

तथ्यांकअनुसार करीव ५०० भन्दा बढी मतले बुर्लाकोटीको विजय निश्चित देखिएको चर्चा छ । शुभेच्छुकहरूले मतदान हुनु अगाडि नै बालकृष्ण बुर्लाकोटी विजयी भइसकेको दाबी गरेका छन् । केवल मतदान र त्यसको नतिजाको पर्खाईमा रहेको सबै डिष्ट्रिक्टका लायन्स सदस्यहरूले बताएका छन् ।

दुई दिन पर्खनुस बुर्लाकोटीको गलामा विजयको माला हुनेछ भन्दै एक लायन्सका नेताले बताएका छन् ।

Published : Friday, 2021 June 4, 11:53 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया