तरुण दलद्वारा ढोरपाटन– ६ का ९ सय घरमा स्वास्थ्य सामग्री, मगरले दिए धन्यावाद

ढोरपाटन । नेपाल तरुण दल बाग्लुङका कोषाध्यक्ष एवम् नेपाली कांग्रेसका युवा नेता देवेन्द्र घर्ती मगरको नेतृत्वमा ढोरपाटन नगरपालिका– ६ का करीव ९ सय घरमा स्वास्थ्य सामग्रीहरू वितरण गरिएको छ ।

कोषाध्यक्ष मगरले काठमाडौंबाट स्वास्थ्य सामग्रीहरू किनेर वडाभरि वितरण गरेका हुन् । उनले स्वाथ्य सामग्री वितरण गरेर वडामा कोरोनाविरुद्ध जनचेतना फैलाउने प्रयास गरेको बताए ।

‘हामीले एक पोका सर्जिकल मास्क, सानो सेनिटाइजरको बोतल, हात धुने साबुन वडाका प्रत्येक घरमा वितरण गरेका छौँ’, मगरले भने, ‘हामीले उपलब्ध गराएको सहयोग ठूलो होइन । तर, स्वास्थ्य सामग्री वितरण गर्ने क्रममा कोरोनाबाट बच्न अपनाउनुपर्ने उपायहरूको जनचेतना फैलाउने प्रयास गरेका छौँ ।’

तरुण कोषाध्यक्ष मगरले बुधबार स्वास्थ्य सामग्री वितरणका क्रममा सुब्जागाउँ, घैयाखेत, हादीखानी, उपल्लो दोगाडी र ओख्रेनीका करीव २४० घरमा वितरण गरिएको छ ।

मास्क, सेनिटाइजर, डिटोल साबुन र औषधि वितरण गरिएको कोषाध्यक्ष मगरले बताएका छन् ।

खाल्तेखुल्तेका २५ घरमा शुक्रबार स्वास्थ्य सामग्री वितरण गरिनेछ । २५ घरलाई नेपाली कांग्रेसका नेता एवम् वडाध्यक्ष जीवन पुनले वितरण गर्नेछन् ।

छ नं. वडामा तीन चरणमा गरेर करीव ९०० घरलाई स्वाीथ्य सामग्री वितरण गरिएको कोषाध्यक्ष मगरले बताएका छन् ।

ढोरपाटन नगरपालिका– ६ को इकाई स्वास्थ्य चौकीलाई औषधि, स्वास्थ्य सामग्री र अक्सिजन सिलिन्डर सेट छिटोभन्दा छिटो उपलब्ध गराउने कोषाध्यक्ष मगरले बताएका छन् ।

स्वास्थ्य सामग्री वितरणमा ढोरपाटन नगरपालिका– ६ का चन्दादातालाई मगरले धन्यावाद दिएका छन् ।

प्रत्येक घरघरमा पुगेर स्वास्थ्य सामग्री वितरण अभियानलाई साथ दिने नेपाली कांग्रेसका युवा नेता तथा वडाध्यक्ष जीवन पुन, नेपाली कांग्रेसका वडा सभापति शेरमान बुढा, समाजसेवी केशव थापा मगर, वीपी फाउण्डेशनका जिल्ला सदस्य हेबिन्द्र खड्का, तरुण दलका वडा सभापति सुरज अदै मगर, उप–सभापति दीपक भण्डारी, सचिव मदन भण्डारी, सदस्यहरू भरत पुन, शिव भण्डारी, क्रियाशील सदस्यहरू प्रेम भण्डारी, रमेश भण्डारी, मदन अदै, थोमस खड्का लगायत सबैलाई तरुण कोषाध्यक्ष मगरले धन्यावाद दिएका छन् ।

Published : Wednesday, 2021 June 2, 9:36 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया