कांग्रेस नेता चौधरीद्वारा केसीलाई आर्थिक सहयोग हस्तान्तरण
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वसांसद योगेन्द्र चौधरीले क्यान्सर रोगको उपचार गराइरहेका मोहन केसीलाई २ लाख ४४ हजार रुपियाँ हस्तान्तरण गरेका छन् ।
कांग्रेस नेता चौधरीले बुधबार काठमाडौंमा केसीलाई रकम हस्तान्तरण गरेका हुन् । क्यान्सको उपचार गराउँदै आएका मोहन केसी देउखुरीका एमालेका नेता रतन केसीका दाई हुन् ।
दाङ जिल्लाको लमही स्थायी घर भई क्यानाडामा बस्दै आएका नेपाली जनसम्पर्क समिति क्यानाडाका पूर्व महामन्त्री निरञ्जन थापाले ‘गो फण्ड क्याम्पेन’बाट संकलित रकमलाई चौधरीले केसीलाई उपलब्ध गराएका छन् ।
कांग्रेस नेता चौधरीले मोहन केसीको उपचारमा क्यानडाबाट थापासहितका दंगालीहरूले गरेको सहयोगप्रति आभार प्रकट गर्दै धन्यावाद दिएका छन् ।
लमही नगरपालिका–५ निवासी मोहन केसीले भक्तपुरस्थित क्यान्सर अस्पतालमा उपचार गराइरहेका छन् ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया