भक्तपुरका ३८ वटा वडाहरूमा पूजा र दीप प्रज्वलन गर्न कांग्रेसको निर्देशन
भक्तपुर । नेपाली कांग्रेस भक्तपुरका क्षेत्रीय समितिलेहरूले जेठ २२ गते शनिबार बिहान ७ बजे मन्दिरहरूमा पूजाअर्चनासहित दीप प्रज्वलन गर्न निर्देशन दिएका छन् ।
क्षेत्रीय सभापतिद्वय जीवन खत्री र नारायणभक्त खायमली बुधबार विज्ञप्ति जारी गरेर भक्तपुर जिल्लाका ३८ वटै वडाहरूमा पायक पर्ने मन्दिरमा पूजाअर्चना गर्न निर्देशन दिएका हुन् ।
‘नेपाली कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापालगायत पार्टीका विभिन्न तह तप्काका साथीहरू एवम् विदेशमा रहनुभएका नेपालीहरू कोरोनाबाट संक्रमित भई स्वास्थ्य लाभ गर्नुभएका सम्पूर्णलाई शुभकामना दिँदै संक्रमित भइ उपचाररत दाजुभाई तथा दिदीबहिनीहरूमा शीघ्र स्वास्थ्य लाभको कामना हेतु जेठ २२ गते शनिबार बिहान ७ गते एकै साथ ३८ वटा वडाका पायक पर्ने मन्दिरहरू, स्थानीय जनप्रतिनिधि लगायत भ्रातृ संस्थाका साथीहरूको समन्वय र उपस्थितिमा पूजाअर्चनासहित दीप प्रज्वलन कार्यक्रम गर्न गराउन अनुरोध छ’, विज्ञप्तिमा उल्लेख छ ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया