भारतमा ढुंगा–गिट्टी–बालुवा निकासीको विरोध गर्नेहरू विकास विरोधीः ओलीका सल्लाहकार

काठमाडौं । कामचलाउ चुनावी सरकारका कम्युनिस्ट प्रधानमन्त्री खड्गप्रसाद ओलीका प्रमुख राजनीतिक सल्लाहकार डा.राजन भट्टराईले कानून व्यवसायीहरूले सर्वोच्च अदालतको आन्तरिक प्रक्रियामा हस्तक्षेप गर्ने प्रयास गरेको भन्दै असन्तुष्टि जनाएका छन् ।

बुधबार बिहान नेपाली रेडियो नेटवर्कमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै डा.भट्टराईले न्यायिक प्रक्रियामा बाहिरका व्यक्तिले दवाव सिर्जना गर्न नहुने बताए । उनले न्यायालयलाई आफ्नो प्रक्रियाअनुसार काम गर्न नदिनुपर्ने बताए ।

केही कानून व्यवसायीहरूले संवैधानिक इजलास गठनका विषयमा प्रधानन्यायाधीशको आलोचना गरेका बेला प्रधानमन्त्री ओलीका विदेश मामिला सल्लाहकार डा.भट्टाराईले अदालतको न्यायिक प्रक्रियामा सहयोग गर्नुपर्ने बताए ।

डा.भट्टराईले विघटन भएको प्रतिनिधि सभा पुनःस्थापना नहुने दाबी गरेका छन् । उनले निर्वाचनमा जानु सबैभन्दा राम्रो बिकल्प रहेको भन्दै चुनावको तयारीमा लाग्न आग्रह गरेका छन् ।

डा.भट्टराईले तराईको चुरे क्षेत्रलाई संरक्षण गरेर ढुंगा, गिट्टी, बालुवा विदेश निकासी गरिने बताएका छन् । उनले मापदण्ड बनाएर प्रकृतिक स्रोत साधनलाई संरक्षण गर्ने पनि बताएका छन् । ढुंगा, गिट्टी, बालुवा विदेश निकासीको विरोध गर्नेहरूलाई उनले बजेट विरोधीको संज्ञा दिएका छन् ।

ओलीका सल्लाहकार डा.भट्टराईले तराईको बालुवा, टिट्टी, ढुंगा भारतलाई बेच्दा तराईको विकास हुने डुबान नहुने बताए । उनले मापदण्ड बनाएर बालुवा, गिट्टी र बालुवा निकालेर निकासी गरिने बताएका छन् ।

Published : Wednesday, 2021 June 2, 1:39 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया