औकातमा बस्नुस् महेशजी, महन्थ–राजेन्द्र जस्तो कमजोर कांग्रेस होइनः खतिवडा

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले एमालेका नेता महेश बस्नेतलाई औकातमा बस्न चेतावनी दिएका छन् ।

कांग्रेस नेता खतिवडाले बस्नेतलाई राष्ट्रपतिको सहारामा अध्यादेश ल्याएर र अपहरण गरेर देश चलाएको जस्तो कांग्रेसलाई कमजोर नठान्न सचेत गराएका हुन् । आफ्नै पार्टी एमालेलाई बचाउन नसक्ने बस्नेतहरूलाई औकातमा बस्न कांग्रेसका युवा नेता खतिवडाले सचेत गराएका छन् ।

एमालेको भ्रातृ संगठन युवा संघ नेपालको भर्चुअल बैठकलाई बस्नेतले सोम्बोधन गर्ने क्रममा नेपाली कांग्रेसलाई फुटाउने भन्दै २३ सांसद तयारी अवस्थामा रहेको विवादास्पद अभिव्यक्ति दिएका थिए ।

कांग्रेस नेता खतिवडाले ट्वीट गर्दै खतिवडाले कांग्रेसलाई कमजोर र निरिह नठान्न बस्नेतलाई सुझाव दिएका छन् । खतिवडाले रिपब्लिका दैनिकसँग ट्वीटका बारेमा ब्याख्या गर्दै भने, ‘कांग्रेस मधेस केन्द्रित दलहरू विशेष गरेर महन्थ ठाकुर र राजेन्द्र महतो जस्तो छैन । कांग्रेसका सांसदलाई अपहरण गर्ने सपना महेश बस्नेतहरूले नदेखेपछि हुन्छ ।’

‘महेश बस्नेत भन्ने पूर्वमन्त्री र माननीय दिउँसै गाँजा खाएर गफ दिन थालेछन्’, ट्वीटमा खतिवडाले भने, ‘कांग्रेस फुटाउने रे ? आफ्नो पार्टी दुईतिहाईबाट अल्पमतमा पुगेर आफैंले एमालेबाट केहि नेतालाई (माधव नेपाल र झलनाथ खनाल समूह) हटाइएको अनि राष्ट्रपतिको सहाराले अध्यादेशमा अपहरणमार्फत देश चलाएको बिर्से कसो ? अपहरण बन्द गर !’

सांसद अपहरणको आरोप खेप्दै आएका बस्नेतलाई एमालेभित्र विवादित नेताका रुपमा धेरैले आलोचना गर्ने गर्दै आएका छन् ।

दुईतिहाइ बहुमत हुँदा पनि आफ्नै पार्टी बचाउन नसकेको बस्नेतले कांग्रेस फुटाउने सपना देख्न थालेका छन् ।

नेपाल प्रहरीका पूर्व आईजीपी सर्वेन्द्र खनाल र एमालेका पूर्वसांसद किसान श्रेष्ठलाई साथमा लिएर तत्कालीन संघीय समाजवादी पार्टीका सांसद अपहरण गरेको भनेर बस्नेतले अहिले पनि आलोचना खेप्दै आएका छन् ।

बस्नेतले महन्थ ठाकुर र राजेन्द्र महतोका सांसदहरूलाई बबरमहलस्थित पार्टी कार्यालयबाट १४ जना सांसदलाई अपहरण गरेर भक्तपुरको डोलेश्वर रिसोर्टमा राखेर राजेन्द्र महतोलाई आफै बसेर संसदीय दलको नेता बनाएको भनेर उपेन्द्र यादवले आरोप लगाउँदै आएका छन् ।

Published : Monday, 2021 May 31, 9:41 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया