कांग्रेस निकट जनसम्पर्क समिति मलेशियाको नयाँ सभापतिमा पंगेनी चयन

मलेसिया । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाली जनसम्पर्क समिति मलेशियाको तेस्रो राष्ट्रिय अधिवेशनले चोलाकान्त पंगेनीको सभापतित्वमा नयाँ कार्यसमिति चयन गरेको छ ।

नेपाली कांग्रेसका उप–सभापति विमलेन्द्र निधि र नेपाली जनसम्पर्क समिति समन्वय विभागका प्रमुख गोविन्द भट्टराईको विशेष आतिथ्यतामा आइतबार जुममार्फत भएको अधिवेशनले नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको हो ।

कार्यक्रममा उप–सभापति निधिले एमालेले संविधानलाई मिचेर सत्तामा टिकिरहने रणनीति बनाएको भन्दै कोरोना महामारी सहज हुनेवित्तिकै आन्दोलन गर्ने चेतावनी दिए । उनले अब कम्युनिस्ट अधिनायकवादलाई परास्त गरेर जानुपर्ने बताए ।

नेपाली जनसम्पर्क समिति समन्वय विभागका प्रमुख एवम् केन्द्रीय सदस्य भट्टराईले मुलुकमा संविधान मिच्ने प्रवृत्ति हाबी भएको भन्दै त्यसलाई परास्त गरेर कांग्रेसको नेतृत्वमा बनेको संविधान रक्षाको दायितव फेरि आएको बताए । उनले कांग्रेसका सबै कार्यकर्ताहरू मिलेर संविधान र लोकतन्त्रको रक्षा गर्नुपर्ने बताएका छन् ।

कांग्रेस केन्द्रीय सदस्य सुजाता कोइरालाले लोकतन्त्र र संविधानमाथि खतरा उत्पन्न भएको बताएकी छिन् । उनले कम्युनिस्टहरूले कहिल्यै पनि विधिको शासन र संविधान नमान्ने बताइन् । कम्युनिस्टलाई सदाका लागि विदा गर्ने गरेर कांग्रेस एकजुट भएर परास्त गर्न अपील गरेकी छिन् ।

विभागका केन्द्रीय सदस्य प्रज्ञान न्यौपानेले जनसम्पर्क समिति समन्वय विभागलाई बाइपास गरेर पार्टीले असम्बन्धित व्यक्तिलाई केन्द्रीय प्रतिनिधि बनाइदिँदा समस्या भएको बताए । उनले पहुँचका भरमा विभागहरूको अधिकारलाई संकुचित गर्ने कार्य नगर्न कांग्रेस नेतृत्वलाई सुझाव दिएका छन् ।

कार्यसमितिको उप–सभापतिहरूमा कमलप्रसाद गौतम, विनोदबहादुर थापा, महेन्द्रजंग शाह, चक्र मल्ल ठकुरी, र राकेशकुमार महतो चयन भएका छन् ।

महासचिवको जिम्मेवारी हरि कोइरालाले पाएका छन् । सह–महासचिवमा दीपक अधिकारी र कोषाध्यक्षमा जनककुमार बम चयन भएका छन् ।

सदस्यहरूमा अञ्जु रेग्मी, चमेली लम्साल, दीपक तामाङ, गणेश राउय, घनश्याम चौधरी, जलान्धर उप्रेती, कुमार ओझा र नरेन्द्र लामा चयन भएका छन् ।

नेपाली कांग्रेसको महासमिति सदस्यमा मलेशियाबाट चोलाकान्त पंगेनी, महेन्द्रजंग शाह र विनोदबहादुर थापा चयन भएका छन् ।

मलेशियाबाट नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधिमा कमलप्रसाद गौतम, सन्तोष रिजाल, राकेशकुमार महतो र टेबादुर टमाटा चयन भएका छन् ।

तेस्रो राष्ट्रिय अधिवेशनमा कांग्रेस केन्द्रीय सदस्यहरू सुजाता कोइराला, भीष्मराज आङदम्बे, धनराज गुरुङ, नेपाली जनसम्पर्क समिति समन्वय विभागका केन्द्रीय सदस्य प्रज्ञान न्यौपानेलगायतको उपस्थिति रहेको थियो ।

Published : Sunday, 2021 May 30, 5:57 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया