बाबुराम जथाभावी बोलेपछि भाजपाले दियो मुख सम्हाल्न चेतावनी
काठमाडौं । भारतीय जनता पार्टी (भाजपा)को विदेश विभाग प्रमुख विजय चौथाइवालेले बाबुराम भट्टराईको आलोचना गर्दै भारतका विषयमा जथाभावी टिकाटिप्पणी नगर्न चेतावनी दिएका छन् ।
चौथाइवालेले शनिबार ट्वीट गर्दै भट्टराई अझै पनि जेएनयुको सपनामा रहेको बताएका छन् ।
भट्टराईले नेपालको आन्तरिक राजनीतिमा हातहालेको आरोप लगाएपछि चौथाइवालेले विरोध जनाएका छन् ।
नेपालको राजनीतिक घटनाक्रममा भारतको हात रहेको टिप्पणी भट्टराईले गरेका छन् । द हिन्दूमा भट्टराईको आर्टिकल छापिएको छ ।
आर्टिकलमा नेपालको आन्तरिक राजनीतिमा भारतको हस्तक्षेप रहेको आरोप भट्टराईले लगाएका छन् ।
चौथाइवालेले नेपालको घरेलु राजनीतिमा कुनै पनि टिप्पणी गर्नका लागि बाबुराम स्वतन्त्र भए पनि भारतबारे उनको टिप्पणी उचित नभएको बताएका छन् ।

चौथाइवालेले भनेका छन्, ‘नेपालको घरेलु राजनीतिमा कुनै पनि कुरा गर्न स्वतन्त्र छ, आरएसएस र भारतमा उनको टिप्पणीले उनी अझै पनि जेएनयू सपना जग्गामा बसिरहेको कुरा देखाउँदछ ।’
उनले भने, ‘सामान्य डाइ–हार्ड कम्युनिस्टजस्तै बाबुरामजी सबैजनालाई आफ्नै असफलताका लागि दोषारोपण गर्दैछन् ।’
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया