ओलीले भण्डारीको अधिकार खोसे, खतिवडाको खुलासाले संविधानविदहरू दिक्क

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले कामचलाउ सरकारका कम्युनिस्ट प्रधानमन्त्री खड्गप्रसाद ओलीले दिएको वक्तव्यप्रति टिप्पणी गर्दै राष्ट्र प्रमुखको कामलाई ओभरटेक गरेको आरोप लगाएका छन् ।

कांग्रेसका युवा नेता खतिवडाले शुक्रबार ट्वीट गर्दै ओलीले राष्ट्र प्रमुखले बाचन गर्ने सरकारको नीति तथा कार्यक्रमलाई आफैले पढेर सबैलाई चकित तुल्याइदिएको बताए । ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीको जिम्मेवारी बहन गरेकोमा व्याङ्ग्य गर्दै विभिन्न खालका आशंका गरेका छन् ।

‘नीति तथा कार्यक्रम पहिले–पहिले राष्ट्र प्रमुखले सदनमा बाचन गर्ने चलन थियो’, कांग्रेस नेता खतिवडाले भने, ‘यो वर्ष प्रधानमन्त्री आफैंले ठोकिदिएछन् ।’

‘अब राज्य नै प्रधानमन्त्री । के–के रहर पलाएको होला ? हाम्रो प्रधानमन्त्री ज्यू’, कांग्रेसका युवा नेता खतिवडाले प्रश्न गरेका छन् ।

दुई पटक प्रतिनिधि सभा विघटन गरेर आलोचित बनेका ओलीले राष्ट्रपति भण्डारीको अधिकार पनि काटेर आफैले लिएको खतिवडाको आरोप छ ।

ओलीकै सिफारिसमा भण्डारीले प्रतिनिधि सभा विघटन गरेपछि नेपाली कांग्रेससहितका विपक्षी दलहरू सर्वोच्च अदालतमा पुनर्स्थापनाको माग गरेर पुगेका छन् ।

यता, ओलीले शुक्रबार सिंहदरबारमा पत्रकार सम्मेलन गरेर सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गरेका छन् । उनले आफ्नो सरकारले गरेका कामको प्रशंसा गरेर लामो वक्तव्य दिएका छन् ।

ओलीका आलोचकहरूले वक्तव्यको पट्यार लाग्दो बकबास भाषण भनेर टिप्पणी गरेका छन् ।

अर्थमन्त्री विष्णु पौडेले अध्यादेशबाट २०७८/७९ को बजेट ल्याउने तयारी गरिरहेका बेला ओलीले सरकारको नीति तथा कार्यक्रम जस्तै गरेर आफ्नो वक्तव्य दिएका छन् ।

ओलीले शुक्रबारका दिन प्रतिनिधि सभा विघटन गर्न राष्ट्रपति भण्डारीलाई सिफारिस गरेका थिए । भण्डारीले मध्यराति प्रतिनिधि सभा विघटन गरेकी थिइन् ।

ओलीले फेरि शुक्रबार नै राष्ट्रपति भण्डारीको अधिकार खोसेर सरकारको नीति तथा कार्यक्रम सिंहदरबारबाट आफैले बाचन गरेका छन् ।

Published : Friday, 2021 May 28, 11:31 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया