भेरी अस्पतालको घटनाको डा.महतद्वारा विरोध, दोषीलाई कारबाही गर्न माग
काठमाडौं । नेपाली कांग्रेसका सह–महामन्त्री एवम् कोभिड–१९ अनुगमन समितिका संयोजक डा.प्रकाशशरण महतले भेरी अस्पतालमा भएको घटनाको विरोध गर्दै दोषीलाई कारबाहीको माग गरेका छन् ।
डा.महतले शुक्रबार विज्ञप्ति जारी गरेर अस्पतालका चिकित्सक र नर्सहरूलाई आक्रमण गर्ने कार्य निन्दनीय रहेको बताए ।
उनले जेठ १३ गते भेरी अञ्चल अस्पतालमा कोरोना संक्रमितको उपचारको क्रममा मृत्यु भएको घटनालाई लिएर मृतकका आफन्तहरूले डाक्टर र नर्सहरूमाथि आक्रमण गर्न खोज्दा ज्यान जोगाउन अस्पताल भवनबाट हामफालेको घटना सम्बन्धी समाचारप्रति गम्भीर ध्यान गएको बताएका छन् ।
‘स्वास्थ्यकर्मीहरूमा डर र त्रास उत्पन्न भएका कारण अस्पतालको काम समेत प्रभावित भई विरामीहरुको उपचारमा समेत गम्भीर असर परेको घटनालाई हामीले गम्भीरताका साथ लिएका छौं’, उनले भनेका छन् ।
‘नेपाली कांग्रेस कोभिड—१९ अनुगमन समिति स्वास्थ्यकर्मी माथि भएको यस्तो आक्रमणको निन्दा गर्दछ’, डा.महतले भने, ‘सरकारसँग स्वास्थ्यकर्मीहरूको सुरक्षा र यस्ता आक्रमकजन्य क्रियाकलापहरूलाई रोक्न कानूनी कारवाहीलाई सख्त गर्न पनि माग गर्दछ ।’
एमालेका लुम्बिनी प्रदेश कमिटीका सदस्य मानबहादुर रावतको नेतृत्वमा भेरी अस्पतालका डाक्टर र नर्सहरूलाई कुटपिट गर्नुका साथै अस्पतालमा तोडफोड गरेका थिए ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया