अष्ट्रेलियाबाट श्रेष्ठ परिवारद्वारा एक लाखभन्दा धेरै सहयोग

अष्ट्रेलिया । गोरखा समाजका सल्लाहकार समेत रहेका लुम्बिनी–कपिलवस्तु विश्व अभियानका विश्व संयोजक एवम् अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज ‘इनास’का विश्व सल्लाहकार रामकुमार श्रेष्ठले नेपालको कोभिड–१९ समस्या न्यूनीकरणका लागि एक लाखभन्दा धेरै सहयोग प्रदान गरेका छन् ।

श्रेष्ठले आफ्नो फेसबुक पेजमार्फत सहयोग गरेको जनाएका छन् । नेपाल कोरोनाको दोस्रो लहरको चपेटामा परेको भन्दै उनले सहयोग गरेका हुन् ।

‘यस्तो विषम परिस्थितिमा कुनै पनि देशमा बस्ने नेपाली मौन रहन सक्दैन’, उनले भनेका छन् ।

गोरखा घर भई विश्वभरि छरिएर रहेका गोरखालीहरूको विश्वब्यापी सञ्जाल ग्लोवल गोरखा समाजले आफ्नो जन्मभूमिमा आइपरेको गहिरो संकटप्रति आफ्नो दायित्व महसुस गरेर फेस मास्क, अक्सिमिटर तथा अक्सिजन कन्सन्ट्रेटर जस्ता अत्यावस्यक स्वास्थ्य सामग्रीहरू सक्दो सहयोग गर्न पैसा संकलन गरेको छ ।

समाजले पनि प्रभादेवी श्रेष्ठ, पुरक श्रेष्ठ र पूजा श्रेष्ठ सबैका तर्फबाट १,१११ डलर जम्मा गरिदिएको श्रेष्ठले जनाएका छन् ।

Published : Thursday, 2021 May 27, 10:14 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया