भोजपुर कांग्रेसका नेता शेर्पाको निधन

काठमाडौं । नेपाली कांग्रेस भोजपुर युवा नेता एवम् महाधिवेशन प्रतिनिधि नीमा शेर्पाको निधन भएको छ ।

भोजपर क्याम्पसका पूर्व प्रमुख समेत रहेका शेर्पाको उपचारका क्रममा बुधबार निधन भएको नेपाल तरुण दलको केन्द्रीय उपाध्यक्ष उत्तम चापागाइँले जानकारी दिए ।

कोरोनाभाइरसको संक्रमणबाट संक्रमित भएपछि शेर्पालाई काठमाडौंको वीर अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो ।

कांग्रेस नेता शेर्पाको निधनप्रति तरुण उपाध्यक्ष एवम् युवा नेता चापागाइँले दुःख व्यक्त गरेका छन् । उनले शेर्पाको निधनले भोजपुर कांग्रेसलाई ठूलो नोक्सानी भएको बताएका छन् ।

नेता शेर्पाको निधनप्रति नेपाली कांग्रेस भोजपुरका सभापति नन्दमणि राई, सचिव कैलाश आले लगायतका नेताहरूले पनि दुःख व्यक्त गरेका छन् ।

Published : Wednesday, 2021 May 26, 8:37 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया