खाडीचौरमा कांग्रेस नेता बस्नेतद्वारा ५० बेडको अस्पताल उद्घाटन

खाडीचौर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतले खाडीचौरको सिन्धु सदावहार अस्पतालमा ५० बेडको अस्पतालको उद्घाटन गरेका छन् ।

नेता बस्नेतले सुनकोसी गाउँपालिका र सिलंखु गाउँपालिकाले सञ्चालनमा ल्याएको २५ बेडको कोभिड उपचार केन्द्र र आफैले सञ्चालनमा ल्याएको २५ बेडको गरी ५० बेडको कोभिड उपचार केन्द्रको उद्घाटन गरेका हुन् ।

जिल्लामा १ महिनाभित्र १ सय बेडको कोभिड अस्पताल सञ्चालन गर्ने प्रतिबद्धता अनुसार बस्नेतले मंगलबार सिन्धु सदावहारमा २५ र चाकुमा १३ गरी ३७ बेडको कोभिड उपचार सेवा केन्द्र सञ्चालनमा ल्याएका छन् ।

कोभिड उपचार सेवा केन्द्र सञ्चालनका लागि बेडसहित अक्सिजनको व्यवस्था समेत गरिएको छ ।

अहिले सिन्धु सदावहारका स्वास्थ्यकर्मीबाटै कोभिड उपचार केन्द्र सञ्चालन गर्ने बताएपनि आवश्यक अनुसार चिकित्सकसमेतको व्यवस्था गर्ने बस्नेतले बताए ।

उता, बस्नेतले मेलम्ची प्राथमिक स्वास्थ्य केन्द्रमा पनि १० वटा बेड र १० वटा अक्सिजन दिने प्रतिवद्धता जनाएका छन् ।

आवश्यकता अनुसार अन्य ठाउँमा पनि बेडसहित कोभिड उपचार केन्द्र स्थापना गर्ने उनको लक्ष्य छ ।

विभिन्न स्थानीय तह र स्वास्थ्य संस्थामा बस्नेतले यसअघि स्वास्थय सामग्री वितरण गरेका थिए ।

जिल्लाका विभिन्न अस्पताल तथा स्वास्थ्य केन्द्रमा गरी एक सय अक्सिजनसहितको बेड प्रदान गर्ने कार्यलाई निरन्तरता दिइरहेको उनको भनाइ छ ।

पहिलो चरणका हस्पिटललाई सहयोग गरेपछि दास्रो चरणमा एक सय शय्याको अस्पताल निर्माणमा लागिने बताउँदै कांग्रेस नेता बस्नेतले यसका लागि स्थान छनोट भइसकेको समेत बताए ।

Published : Wednesday, 2021 May 26, 10:31 am

फेसबुकबाट तपाईको प्रतिक्रिया