बर्दियाको खचकपुरमा हात्तीले आमा–छोरीलाई बोकेर हिँड्यो, दुबैको मृत्यु

बर्दिया । बर्दिया जिल्लामा हात्तीको आक्रमणबाट आमा छोरीको मृत्यु भएको छ ।

सोमबार राति ९ बजे गेरुवा गाउँपालिका– १ सरखोल खचकपुरकी ३७ वर्षीया चन्द्रा बिक र उनकी छोरी ३ वर्षीया दीपिका बिकको हात्तीले आक्रमण गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ ।

चन्द्रा र दीपिका आफ्नो घरमा बसीरहेको अवस्थामा बर्दिया राष्ट्रिय निकिञ्जबाट दुई वटा जंगली हात्ती आई दुबै जनालाई आक्रमण गरेको थियो ।

हात्तीले आमा र छोरीलाई आफ्नो सुडमा उठाई घरबाट अन्दाजी ३० मिटर टाढा लगेर छोडेको थियो । चन्द्राको घटनास्थलमै मृत्यु भएको थियो ।

दीपिका गम्भीर घाइते अवस्थामा फेला परेकी थिइन् । उनको उपचारका क्रममा नेपालगञ्ज मेडिकल कलेजमा उपचारका क्रममा मंगलबार

बिहान पौने ११ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

Published : Tuesday, 2021 May 25, 1:21 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया