ओलीले राष्ट्रघाती कू–कृत्य गरेको रावलको आरोप

काठमाडौं । एमालेका नेता एवम् पूर्वमन्त्री भीमबहादुर रावलले पार्टीबाट निष्कासन गर्ने निर्णय हास्यास्पद रहेको बताएका छन् ।

नेता रावलले सोमबार ट्वीट गर्दै प्रधानमन्त्री समेत रहेका एमालेका अध्यक्ष खड्गप्रसाद ओलीद्वारा गरिएको कारबाहीको कुनै अर्थ नरहेको बताएका हुन् ।

‘पार्टी विधान मिच्दै मनपरी गर्ने, संविधान उल्लंघन गर्ने’, ओलीप्रति लक्षित गरेर उनले भने, ‘देशको अस्मिता र अस्तित्वमा आघात पार्ने नागरिकता वितरण लगायतका राष्ट्रघाती कु–कृत्य गर्ने र देशलाई अस्तव्यस्त बनाउने केपी गुटले हामीलाई पार्टी सदस्यबाट निष्कासित गरियो भन्नु हास्यास्पद छ । यो केपी गुटको फुटवाद कै निरन्तरता हो ।’

सोमबार बालुवाटारमा बसेको एमालेको स्थायी कमिटीको बैठकबाट ओलीले वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधव नेपाल, भीम रावलसहित ११ नेताहरूलाई कारबाही गरेका थिए ।

आफ्नै सरकार ढाल्न प्रयास गरेको तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेको भन्दै एमालेले वरिष्ठ नेता नेपाल समूहका ११ नेताहरूलाई कारबाही गरेर पार्टीबाट निकालेको छ ।

Published : Monday, 2021 May 24, 8:16 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया