एमालेको एउटा चुरीफुरी समाप्त, सुरक्षित हुन ओलीले उठाए गम्भीर कदम

काठमाडौं । एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री खड्गप्रसाद ओलीले आफूलाई चुनौती दिएको भन्दै वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव नेपालसहित दर्जन नेताहरूलाई कारबाही गरेका छन् ।

बालुवाटारमा सोमबार बसेको स्थायी कमिटी बैठकबाट ओलीले नेपाल–खनालसहित ११ नेताहरूलाई साधारण समेत नरहने गरि गरेका हुन् ।

नेपाल–खनालसहितका नेताहरूलाई ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई साथ दिएर आफूलाई हटाउन खोजेको आरोप लगाएका छन् ।

ओलीले झलनाथ खनाल, माधव नेपाल, भीम रावल, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, कल्याणी खड्का, सरला यादव, पुष्पा कर्ण, लक्ष्मी चौधरी, कलिला खातुन र नीरादेवी जैरूलाई साधारण सदस्य नरहनेगरी निष्कासन गरेको एमालेले जनाएको छ ।

ओलीले नेपाल–खनाल समूहका अरू १२ जना नेताहरूलाई पनि २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेका छन् ।

एमालेले सुदूरपश्चिम प्रदेशमा माओवादी सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय पनि गरेको छ ।

ओलीले आफूलाई प्रधानमन्त्री र पार्टी अध्यक्षमा सुरक्षित राख्न नेपाल–खनाल समूहलाई कारबाही गरेका छन् । ओलीको कारबाहीबाट नेपाल–खनाल डराएको छैन । बरु अर्को पार्टी खोल्ने तयारीमा छन् । ओलीको निर्णयले अब एमाले औपचारिक रुपमा विभाजन हुनेछ ।

नेपाल समूहलाई कारबाही गरेर निकालेपछि एमाले ठूलो पार्टी हो वा होइन प्रश्न उठेको छ । एमालेको चुरीफुरी ओली आफैले समाप्त पारेका छन् ।

Published : Monday, 2021 May 24, 7:10 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया