गगनको तर्कले बालुवाटारलाई तनाब, अधिनायकवादीहरूभित्र खैलाबैला

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता गगनकुमार थापाले प्रधानमन्त्री खड्गप्रसाद ओली अहंकारी व्यक्ति भएको बताएका छन् ।

सर्वोच्च अदालत परिसरमा सोमबार पत्रकारहरूसँग कुरा गर्दै थापाले ओलीको अहंकारले देश र जनताले दुःख पाएको बताए । ओलीले संसदलाई पटक–पटक विघटन गरेर अधिनायकवादी चरित्र देखाएको बताएका छन् ।

उनले प्रधानमन्त्रीले पटक–पटक संविधानको उल्लंघन गरेकोले आफूहरू पनि सर्वोच्च अदालत आउनुपरेको बताए । अहंकारी कार्यकारी शासकका कारण अदालत आउनुपरेको भन्दै उनले सबैलाई समस्या भएको बताए ।

न्यायका लागि प्रतिनिधि सभाका संसदहरूको मौजुदा संख्याको ५४ प्रतिशत सांसद आएको बताए ।

‘अब सर्वोच्च अदालतले पनि दायाँबायाँ गर्न मिल्दैन’, थापाले भनेका छन् । नेता थापाले संसद पुनःस्थापना हुनेमा आफू पूर्ण विश्वस्त रहेको बताएका छन् ।

‘हामी ज्युँदैछौं १४६ जना सर्वोच्चमा स–शरीर आयौं’, कांग्रेस नेता थापाले भने, ‘सर्वोच्चले दायाँबायाँ गर्न सक्दैन र गर्दैन । अदालतप्रति हाम्रो भरोसा छ ।’

प्रतिनिधि सभा पुनःस्थापना हुने बताएका उनले अबका दिनमा ओलीको अधिनायकवाद र अहंकारलाई जनताले ठेगान लगाउने पनि बताएका छन् ।

Published : Monday, 2021 May 24, 4:04 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया