कांग्रेस नेता बस्नेतको कामले कम्युनिस्टहरू नै प्रशंसा गर्न बाध्य, स्वास्थ्य सामग्री वितरण, अस्पताल पनि बन्दै

काठमाडौं । सत्ताका लागि प्रधानमन्त्री खड्गप्रसाद ओली र राष्ट्रपति विद्यादेवी भण्डारी काठमडौंमा लडीबुडी गरिरहेका बेला नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेत कोरोना महामारीबाट समस्यामा परेकाहरूलाई स्वास्थ्य सामग्री र खाद्यान्न वितरणमा सक्रिय छन् ।

पूर्वमन्त्री समेत रहेका कांग्रेस नेता बस्नेतले शनिबार गृहजिल्ला सिन्धुपाल्चोकमा स्वास्थ्य सामग्रीहरू वितरण गरेका छन् । उनले स्थानीय प्रहरी, स्वास्थ्यकर्मी र सर्वसाधारणहरूलाई स्वास्थ्य सामग्री विरतण गरेको निजी सचिवालयले जनाएको छ ।

नेता बस्नेतले शनिबार सिन्धुपाल्चोक जिल्ला अस्पतालमा २५ सय माक्स, सेनिटाइजर, ग्लोब्स लगायतक स्वास्थ्य सामग्री हस्तान्तरण गरेका छन् । उनले बलेफी गाउँपालिकाको जलवीरे स्वास्थ केन्द्रमा २५ सय माक्स सेनिटाइजर, ग्लोब्स वितरण गरेका छन् ।

जुगल गाउँपालिका, बलेफी गाउँपालिका, चौतारा सागाचोक नगरपालिका सबै वडाहरूमा रहेका स्वास्थ केन्द्रहरूलाई पनि स्वास्थ्य सामग्रीहरू वितरण गरेका छन् ।

निषेधाज्ञा र कोरोना महामारीबाट समस्यामा परेका अति विपन्न र मजदुरहरूलाई बस्नेतले खाद्यान्न सहयोग गर्दै आएका छन् ।

यसैबीच, कांग्रेस नेता बस्नेतले कोरोनाका संक्रमितहरूको उपचारका लागि १ सय बेडको अक्सिजनसहितको सरुवा रोग उपचार केन्द्र बनाउन सक्रिय भएर लागेका छन् ।

दीर्घकालीन एवम् स्थाई रुपमा भने सुनकोशी गाउँपालिका– ६ मा रहेको थुम्पाखर खेल मैदानमा कोभिड लगायत अन्य सरुवा रोग उपचार केन्द्र खोलिनेछ ।

उपचार केन्द्रका लागि उनले बेड, सिलिण्डरसहितका स्वास्थ्य सामग्री गृहजिल्ला सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकामा ल्याइसकेका छन् । एक महिनाभित्र उनले अस्थायी उपचार केन्द्र स्थापना गरेर निःशुल्क उपचार गर्ने बताएका छन् ।

कांग्रेस नेता बस्नेतले स्वास्थ्य सामग्री वितरणदेखि निःशुल्क उचापरका लागि उपचार केन्द्र स्थापनामा लागेपछि कम्युनिस्टहरूलाई टाउको दुखेको छ । सिन्धुपाल्चोकबाट अग्नि सापकोटा सभामुख छन् । प्रदेश सरकारमा मन्त्रीहरू छन् । ओली निकटका एमालेका ठूला नेताहरू छन् ।

ती कम्युनिस्टहरूले जनताको जीवन रक्षामा काम गर्न नसकेका बेला बस्नेतले सहयोगको अभियानलाई चलाएका छन् ।

Published : Saturday, 2021 May 22, 11:34 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया