गगनले ठाउँमै निशाना लगाएपछि बालुवाटार–शीतल निवासमा खैलाबैला, ओली–ठाकुरका भुसुनाहरूलाई तनाब

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवम् प्रतिनिधि सभाका सांसद गगन थापाले राष्ट्रपति विद्यादेवी भण्डारीलाई खड्गप्रसाद ओलीको जालझेल र अपराधलाई साथ नदिन सुझाव दिएका छन् ।

कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका थापाले शुक्रबार साँझ ट्वीट गर्दै ओलीका हर्कतहरू अवैधानिक र अनैतिक रहेको बताएका छन् ।

‘यो प्रस्ट हुँदाहुँदै आज प्रधानमन्त्रीले बहुमतको समर्थन छ भन्दै दाबी गर्नु असङ्गत मात्र होइन अवैधानिक र अनैतिक छ’, थापाले भनेका छन् ।
उनले भने, ‘राष्ट्रपतिज्यू, तपाईंमा ओलीको जालझेल र अपराधमा साथ दिँदा लागेको दागैदाग छ ।’

‘महामहिमलाई परिस्थितिले अन्तिम पटक सुध्रिने मौका दिएको छ’, थापाले भण्डारीलाई चेतावनी शैलीमा भने, ‘नभए भिरबाट खस्नेलाई राम–राम ।’

‘१५३ जनाको समर्थन भएको भए सरकारले ७६ (३) को विश्वासको मत लिने वैधानिक बाटो किन छोडेको ?’, प्रश्न गर्दै थापाले भनेका छन् ।

‘प्रधानमन्त्रीले नै म विश्वासको मत लिन सक्दिन र पहिलाभन्दा तात्त्विक फरक छैन भनेर ७६ (५)को सरकार गठनको ढोका खोल्ने, राष्ट्रपतिले विश्वासको मत प्राप्त गर्ने आधार नदेखिएको भन्दै आव्हान गर्ने । अब फेरि जालझेल ?’, थापाले प्रश्न गर्दै भण्डारी–ओलीमाथि आशंका गरेका छन् ।

नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेपाल, एमालेका नेता माधवकुमार नेपाल, राष्ट्रिय जनमोर्चासहितका दलहरूको १४९ सांसदको हस्ताक्षरसहित शुक्रबार प्रधानमन्त्रीमा विपक्षी गठबन्धनले दाबी गरेको थियो ।

राष्ट्रपति भण्डारीले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त नगरेपछि भण्डारी–ओली साँठगाँठप्रति प्रश्न गर्दै ट्वीट गरेका छन् ।

ओलीले महन्थ ठाकुर र राजेन्द्र महतोको समर्थन लिएर प्रधानमन्त्रीमा दाबी गरेका छन् । ठाकुर–महतोसँग २० सांसद छन् । तर, ओली उपेन्द्र यादवसहित १२ सांसदको हस्ताक्षर कीर्ते गरेर भण्डारीलाई बुझाएका छन् । कांग्रेस नेता थापाले ओली–ठाकुरका भुसुनाहरूलाई चुपचाप लागेर संविधानको पालना गर्न सचेत गराएको उनको निजी सचिवालयले जनाएको छ ।

Published : Friday, 2021 May 21, 8:21 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया