भण्डारीलाई नेपाल–यादवले यसरी दिए जवाफ, ओलीका लागि गडबडी गर्ने आशंका

काठमाडौं । विपक्षी गठबन्धनले राष्ट्रपति विद्यादेवी भण्डारीबाट गडबडी हुन सक्ने आशंका गरेका छन् ।

संविधानको धारा ७६ को उपधारा (५) अनुसार विपक्षी गठबन्धनले प्रधानमन्त्रीमा दाबी गरेर १४९ जना सांसदको हस्ताक्षर राष्ट्रपति कार्यालयमा दर्ता गराएका छन् । भण्डारीले प्रधानमन्त्रीको पनि दाबी आएको भन्दै कानूनविदहरूसँग परामर्श गरेर निर्णय लिने बताएकी छिन् ।

माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले राष्ट्रपतिबाट विपक्षी गठबन्धनलाई धोका हुन सक्ने आशंका जनाएका छन् ।

यसैबीच, एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र जनता समाजवादी पार्टी, नेपाल (जसपा)का अध्यक्ष उपेन्द्र यादवले संविधानको धारा ७६ को उपधारा (५) अनुसार सांसदको अधिकार प्रयोग गरेर हस्ताक्षरसहित आफूहरू आएको भण्डारीलाई जानकारी गराएका छन् ।

नेपाल र यादवले केपी ओलीको दाबी सही नभएको राष्ट्रपति भण्डालाई भनेको श्रेष्ठले बताएका छन् ।

विपक्षी गठबन्धनका नेताहरूलाई भण्डारीले प्रधानमन्त्रीमा ओलीको पनि दाबी आएको बताएकी थिइन् ।

नेपाल र यादवले आफूहरू हस्ताक्षरसहित आएको भन्दै ओलीको दाबी सही नभएको बताएका थिए ।

अध्यक्ष यादवले पनि आफू हस्ताक्षरसहित राष्ट्रपति कार्यालयमा नै आएको भन्दै ओलीको दाबी सही नभएको बताएका थिए ।

बहुमत सांसदको हस्ताक्षरसहित विपक्षी दलका नेताहरू राष्ट्रपति कार्यालय पुग्नुअघि प्रधानमन्त्री ओली पुगेका थिए ।

ओलीले एमालेको १२१ र ३२ सांसद रहेको जसपाको समर्थन आफूलाई रहेको पत्र बुझाएर प्रधानमन्त्रीमा दाबी पेस गरेका छन् ।

विपक्षी दलका नेताहरूले ओलीले दाबी गर्न नमिल्ने भन्दै संविधानअनुसार प्रधानमन्त्री नियुक्त गर्न आग्रह गरेका थिए ।

जवाफमा राष्ट्रपति भण्डारीले ओलीले पनि बहुमत पु¥याएर आएको बताएपछि विपक्षी दलका नेताहरूले आशंका गरेका छन् ।

Published : Friday, 2021 May 21, 8:01 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया