विपक्षी पुग्नुभन्दा पहिलानै शीतल निवासमा ओली, नयाँ सरकारमा दाबी

काठमाडौं । एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री खड्गप्रसाद ओलीले नयाँ सरकार बनाउन राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष दाबी पेश गरेका छन् ।

विपक्षी दलको गठबन्धनका नेताहरू शुक्रबार शीतल निवासमा पुग्नुभन्दा अगाडि नै ओलीले भण्डारीलाई भेटेर सरकारमा दाबी पेश गरेका हुन् ।

ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले नयाँ सरकारका लागि प्रधानमन्त्री ओलीले दाबी पेश गरेको बताए । उनले एमालेका १२१ र जसपाका ३२ जना सांसदको समर्थनमा नयाँ सरकारमा दाबी गरिएको बताए ।

शीतलनिवासमा ओलीले भण्डारीसँग करीब ४० मिनेट भेटेर बालुवाटार फर्किएका छन् । विपक्षी दलका नेताहरू १४९ सांसदको हस्ताक्षर आफ्नो पक्षमा रहेको दावी गरेका छन् ।

Published : Friday, 2021 May 21, 4:37 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया