कांग्रेस सह–महामन्त्री डा.महतद्वारा अस्पताललाई अक्सिजन कन्सन्टेटर हस्तान्तरण

काठमाडौं । नेपाली कांग्रेसका सह–महामन्त्री एवम् कोभिड–१९ अनुगमन समितिका संयोजक डा.प्रकाशशरण महतले काठमाडौंको महेन्द्रनारायण निधि अस्पताललाई अक्सिजन कन्सन्टेटर मेसिन हस्तान्तरण गरेका छन् ।

नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं. ५ को पहलमा डा.महतले शुक्रबार अस्पताललाई तीन वटा अक्सिजन कन्सन्टेटर मेसिन हस्तान्तरण गरेका हुन् । कांग्रेसले यो अस्पताललाई दश वटा कन्सन्टेटर दिने सहमति गरेको छ ।

शुक्रबार कांग्रेसले ३ वटा कन्सन्टेटर दिएको छ । बाँकी ७ वटा कन्सन्टेटर मेसिन छिटै दिइनेछ ।

सह–महामन्त्री डा.महतले शुक्रबार ३ वटा कन्सन्टेर हस्तान्तरण गरेको भन्दै बाँकी ७ वटा छिटै हस्तान्तरण गरिने बताएका छन् । यो अभियानलाई देशभरि विस्तार गरिने उनले बताएका छन् ।

‘नेपाली कांग्रेस कांग्रेस ५ क्षेत्रीय कार्यसमितिको पहलमा स्वयंसेवी भावनाले सहयोग गर्नुभएको छ । धन्यावाद दिन्छु’, उनले भने, ‘जनताको उपचारमा सरकार जिम्मेवार छैन । कांग्रेसले आह्वान गरेको छ । देशभरिको पार्टी पंक्ति ज्यान बचाउन र संक्रमण रोकथामका लागि लागौँ ।’

उनले भने, ‘कांग्रेसले पनि आह्वान गरेको छ । सहयोग गरेको छ । अक्सिजनको अभावमा ज्यान गुमाउनु नपरोस् भनेर कांग्रेस लागेको छ ।’

यसअघि कांग्रेसले टोखामा सामुदायिक आइसोलेनसनलाई पनि कन्सन्टेटर सहयोग गरेको थियो ।

Published : Friday, 2021 May 21, 3:59 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया