कांग्रेस केन्द्रीय सदस्य एवम् सांसद शाह सवार जीप दुर्घटना, ३ जना घाइते
नवलपुर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् प्रतिनिधि सभाका सांसद अभिषेकप्रताप शाह सवार गाडी दुर्घटना भएको छ ।
शुक्रबार सांसद शाह सवारी जीप बा १५ च ७५२३ नम्बरको जीप नवलपर जिल्लाको विनयीत्रिवेणी– १ दुम्कीबासमा दुर्घटना भएको हो ।
सांसद शाहले भने, ‘जीपमा मसहित ३ जना थियौँ । अहिले हामी सबैको स्वास्थ्य अवस्था सामान्य छ । चेकअप गराएपछि थाहा होला । प्राथमिक उपचार गराएका छौँ ।’
शाहले काठमाडौं जानका लागि अर्को गाडीको व्यवस्था गरेको बताएका छन् ।
जीपमा सवार सांसद शाहसहित तीन जनाको अवस्था सामान्य रहेको इलाका प्रहरी कार्यालय दुम्कीबासका प्रहरी निरीक्षक हिक्मत थापाले जानकारी दिएका छन् ।
कांग्रेस केन्द्रीय सदस्य शाह काठमाडौं जाँदै थिए । उनी गृहजिल्ला कपिलवस्तुको कृष्णनगरबाट काठमाडौं जाने क्रममा जीप दुर्घटनामा परेका हुन् ।
सांसद शाहको दुम्कीबासको स्थानीय मेडिकलमा उपचार भएको छ ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया