भण्डारीलाई महाअभियोग लगाएर राष्ट्रपतिको कुर्सीबाट फाल्न नेविसंघको आह्वान

काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री खड्गप्रसाद ओली मिलेर संविधानको खिल्ली उडाएको आरोप लगाएको छ ।

नेविसंघका अध्यक्ष राजीव ढुंगानाले विज्ञप्ति जारी गरेर ओली–भण्डारीले ठूलो गल्ती गरेको बताए । उनले ओली र भण्डारीलाई सच्चिन चेतावनी दिएका छन् ।

नेविसंघले प्रधानमन्त्रीले प्रतिनिधि सभामा विश्वासको मतका नलिई वा म विश्वासको मत लिन सक्दिन भनेर राजीनामा नगर्दासम्म धारा ७६(५) अनुसारको सरकारको प्रक्रिया शुरू हुन नसक्ने अवस्थामा राष्ट्रपतिबाट यसको आह्वान हुनु संविधानकै खिलाप रहेको जनाएको छ ।

राष्ट्रपतिले संसदको अधिकार क्षेत्रमा हस्तक्षेप गर्न नमिल्ने नेविसंघको जनाएको छ । अध्यक्ष ढुंगानाले राष्ट्रपति र प्रधानमन्त्रीले संविधानमाथि नै ‘कु’ गरेको आरोप लगाएको छ ।

राष्ट्रपतिको यो कदम अलोकतान्त्रिक, असंवैधानिक, अधिनायकवादी, अनैतिक र प्रतिगामी रहेको नेविसंघले जनाएको छ ।

राष्ट्रपति र प्रधानमन्त्रीले संविधानमाथि पटकपटक हुने हस्तक्षेप रोक्न तत्काल पदमुक्तबाहेक अरु कुनै बाटो बाँकी नरहेको नेविसंघको ठहर छ ।

समयमै नयाँ सरकार बनाएर केपी ओली र महाअभियोग लगाएर राष्ट्रपतिलाई बिदा गर्न ढिला गर्न नहुने पनि नेविसंघका अध्यक्ष ढुंगानाले जनाएका छन् ।

Published : Friday, 2021 May 21, 8:21 am

फेसबुकबाट तपाईको प्रतिक्रिया