कांग्रेस नेता लेखकको दुई खुलासा, यी कार्य नगरे भण्डारीको आह्वानले काम नगर्ने

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री रमेश लेखकले प्रधानमन्त्री खड्गप्रसाद ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानमाथि जालसाजी गरेको टिप्पणी गरेका छन् ।

कांग्रेस नेता लेखकले सामाजिक सञ्जालमार्फत ओली र भण्डारीको असंवैधानिक कदमको विरोध गरेका हुन् । उनले ओली र भण्डारीले संविधानमाथि गरिरहेको अपराधको इतिहाँसमा जवाफ दिनुपर्ने चेतावनी दिएका छन् ।

‘राष्ट्रपति र प्रधानमन्त्रीले मिलेर फेरि एक पटक संविधानको खिल्ली उडाउनु भयो’, उनले भने, ‘प्रधानमन्त्रीले प्रतिनिधि सभामा विश्वासको मतकालागि नगई वा म विश्वासको मत लिन सक्दैन भनी राजीनामा नगरि धारा ७६ (५) को सरकारको प्रक्रिया शुरू हुन सक्दैन ।’

‘राष्ट्रपति र प्रधानमन्त्रीले संविधानमाथि जालसाजी गरेका छन्’, कांग्रेस नेता लेखकले भने, ‘यो काम घोर अलोकतान्त्रिक, असंवैधानिक, अधिनायकवादी र अनैतिक हो ।’

‘उहाँहरूले संविधानमाथि गरीरहेको अपराधका लागि ईतिहाँसमा जवाफ दिनु पर्ला’, कांग्रेस केन्द्रीय सदस्य लेखकले चेतावनी दिएका छन् ।

ओली र भण्डारीले बिहीबार राति २१ घण्टाको समय दिएर प्रधानमन्त्री ओलीको राजीनामा नआउँदै नयाँ सरकार गठनका लागि संविधानको प्रावधान विपरित आह्वान गरेपछि लेखेकले कानूनी र संवैधानिक अपराध भएको भन्दै विरोध जनाएका हुन् ।

Published : Friday, 2021 May 21, 7:47 am

फेसबुकबाट तपाईको प्रतिक्रिया