विद्या भण्डारीलाई महाअभियोग लगाएर हटाउने गगनको प्रस्तावले शीतलनिवास–बालुवाटारमा खैलाबैला
काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवम् केन्द्रीय सदस्य गगन थापाले राष्ट्रपति विद्यादेवी भण्डारीलाई महाअभियोग लगाएर हटाउन प्रस्ताव गरेका छन् ।
प्रधानमन्त्री खड्गप्रसाद ओली र राष्ट्रपति भण्डारी मिलेर संविधानको प्रावधानको खिलाप सरकार बनाउन आह्वान गरेपछि थापाले बिहीबार राति ट्वीट गरेर राष्ट्रपति भण्डारीलाई महाअभियोग लगाउन प्रस्ताव गरेका हुन् ।
‘विश्वासको मत लिन मन नलागे प्रधानमन्त्रीले राजीनामा गर्ने, अनि राष्ट्रपतिले प्रकृया शुरु गर्ने हो’, थापाले भने, ‘नेतागण ! के राष्ट्रपति र प्रधानमन्त्रीले थाहा नपाएर यो गरेको हो ? जानेर गरेको हो ।’
‘गनगन गरेर नबसौं । सुझबुझ पु¥याउँ र यिनले दिएको समय अगावै नयाँ सरकार बनाएर ओलीलाई बिदा गरौं’, कांग्रेस नेता थापाले भने, ‘महाअभियोग लगाएर राष्ट्रपतिलाई बिदा गरौं ।’
प्रधानमन्त्री ओलीले विश्वासको मत नलिएरै अर्को सरकार बनाउन संविधानको धारा ७६ को उपधारा (५) अनुसार सरकार बनाउन राष्ट्रपति भण्डारीलाई आह्वान गर्न लगाएपछि कांग्रेस नेता थापाले विरोध गरेका छन् ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया