कोरोना उपचारमा प्रभावकारी मानिएको रेम्डिसिभिर नेपालमै उत्पादन शुरु

काठमाडौं । वीरगञ्जको नेसनल हेल्थ केयरले कोरोनाभाइरसका संक्रमितलाई उपचारका प्रभावकारी मानिएको रेम्डिसिभिर औषधि उत्पादन गर्ने अनुमति पाएको छ ।

हेल्थ केयरले अनुमति पाएसँगै उत्पदान गर्न शुरु गरेको छ । रेम्डिसिभिर औषधि उत्पादनका लागि परीक्षण भइसकेको नेपाल औषधि उत्पादक संघका अध्यक्ष विप्लव अधिकारीले बताएका छन् ।

रेम्डिसिभिर औषधि एक महिनापछि नेपालमै पाइनेछ । यो औषधि मलेरियाका बिरामीलाई लगाइने गरिन्छ । कोरोना संक्रमितमा यो औषधि प्रभावकारी देखिएपछि चिकित्सकको सल्लाहमा लगाउने गरिएको छ ।

नेपालले बंगलादेशबाट रेम्डिसिभिर औषधि आयात गर्दै आएको छ । भारतले रेम्डिसिभिर औषधि निर्यातमा रोक लगाएको छ । भारतमै यसको माग उच्च छ ।

रेम्डिसिभिरलाई चिकित्सकहरूको सल्लाहमा कोरोना संक्रमितलाई दिने गरिएको छ । रेम्डिसिभिर अभाव भएपछि करीव ४९ सय पर्ने औषधिलाई २० हजारदेखि १ लाखसम्म लिएर ब्ल्याकमा खरिद बिक्री भएको थियो ।

Published : Wednesday, 2021 May 19, 8:35 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया