रुकुम जाँदै गरेको बस नवलपरासीमा दुर्घटना, चार जनाको मृत्यु

परासी । पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत नवलपरासीको दाउन्नेमा बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ ।

बुधबार बस भिरबाट खस्दा चार जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा ४२ जना घाइते भएका छन् ।

काठमाडौंबाट रुकुम जाँदै गरेको ना ५ ख २७१३ नम्बरको बस दाउन्ने भिरबाट खसेर दुर्घटना भएको हो ।

दुर्घटनामा रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाकी २७ वर्षीया कल्पना पुनसहितको मृत्यु भएको छ ।

घाइतेमध्ये ३५ जनाको चिसापानी सामुदायिक अस्पताल बर्दघाटमा उपचार भइरहेको छ । सात जना घाइतेलाई थप उपचारका लागि प्रादेशिक अस्पताल बुटवल पठाइएको छ । (फाइल तस्वीर)

Published : Wednesday, 2021 May 19, 10:12 am

फेसबुकबाट तपाईको प्रतिक्रिया