तरुण दल स्याङ्जाका अध्यक्ष मल्लका पिताको निधन, अध्यक्ष बस्नेतद्वारा दुःख व्यक्त

काठमाडौं । नेपाल तरुण दल स्याङ्जाका अध्यक्ष एवम् गण्डकी प्रदेश सभाका सांसद भागवतप्रकाश मल्लका पिताको निधन भएको छ ।

मंगलबार अध्यक्ष मल्लका पिता एवम् नेपाली कांग्रेसका महासमिति सदस्य गजेन्द्रप्रकाश मल्लको ७४ वर्षको उमेरमा निधन भएको हो । उनको पोखरास्थित गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा निधन भएको आफन्तले जनाएका छन् ।

गजेन्द्रप्रकाश मल्लको असामयिक निधनको खबरले नेपाल तरुण दल केन्द्रीय समितिलाई स्तब्ध बनाएको तरुण अध्यक्ष जितजंग बस्नेतद्वारा जारी शोक वक्तव्यमा उल्लेख छ ।

‘गजेन्द्रप्रकाश मल्लको निधनप्रति नेपाल तरुण दल केन्द्रीय समिति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै आत्माको चीर शान्तिको कामनासहित सम्पूर्ण शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछ’, शोक वक्तव्यमा उल्लेख छ ।

स्व.मल्ल निर्माण ब्यवसायी संघका केन्द्रीय सदस्य, जिल्लाका संस्थापक अध्यक्ष समेत थिए । स्व.मल्लका श्रीमती ३ छोरा र एक छोरी छन् ।

स्व.मल्लको निधनले पार्टीमा अपुरणीय क्षति पुगेको नेपाली कांग्रेस स्याङ्जाका कार्यवाहक सभापति कुमार रानाले बताएका छन् ।

चापाकोट नगरपालिका–५ निवासी स्व.मल्ल बिगत ३४–३५ वर्षदेखि पुतलीबजार नगरपालिका–१ प्रगतिनगरमा बस्दै आएका थिए ।

Published : Tuesday, 2021 May 18, 9:24 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया