एमालेले घरमा सिलिण्डर लुकाएका बेला खाणद्वारा निर्वाचन क्षेत्रमा स्वास्थ्य सामग्री प्रदान

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक एवम् पूर्वमन्त्री बालकृष्ण खाणले आफ्नो निर्वाचन क्षेत्रका स्वास्थ्य संस्थाहरूमा स्वास्थ्य सामग्री उपलब्ध गराएका छन् ।

मंगलबार रुपन्देहीको निर्वाचन क्षेत्र नं. ३ का स्वास्थ्य संस्थाहरूलाई कांग्रेस नेता खाणले स्वास्थ्य सुरक्षा सामग्री उपलब्ध गराएका हुन् ।

जोखिममा रहेर जनताको उपचारमा खटिएका चिकित्सक र स्वास्थ्यकर्मीहरूलाई ती स्वास्थ्य सामग्रीहरू खाणले उपलब्ध गराएका छन् ।

कांग्रेसका केन्द्रीय सदस्य सदस्य समेत रहेका खाणले कांग्रेस नेता एवम् वडाध्यक्ष विष्णु बस्याल, जिल्ला सदस्य शिव न्यौपाने लगायतले स्वास्थ्य संस्थामा पुगेर हस्तान्तरण गरेका छन् ।

खाणले पीपीई सेट, मास्क, सेनिटाईजर, ग्लोब्स, भिटामिन ‘सी’ लगायतका स्वास्थ्य सुरक्षा सामग्री र औषधिहरू उपलब्ध गराएका छन् ।

रुपन्देहीको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. ३ का ८ वटा स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्री र औषधि हस्तान्तरण गरिएको नेपाली कांग्रेस तिलोत्तमा नगर समितिका सह–सचिव सञ्जीव बस्यालले जानकारी दिए ।

कम्युनिस्टहरू सत्तास्वार्थमा लागेर जनताको जीवनसँग खेलवाड गरेका बेला कांग्रेस नेता खाणले आफ्नो निर्वाचन क्षेत्रका चिकित्सक, स्वास्थ्यकर्मी र जनताको सुरक्षाका लागि सानो भए पनि सहयोग गरेका छन् ।

एमालेका नेता र सांसदहरूले चीनले दिएको अक्सिजनको सिलिण्डर सत्ताको दुरुपयोग गरेर घरघरमा लगेर राखेका बेला कांग्रेस नेता खाणले आफ्नै बलबुताले स्वास्थ्य सामग्री र औषधि आफ्नो निर्वाचन क्षेत्रमा पुर्‍याएका छन् ।

Published : Tuesday, 2021 May 18, 7:15 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया