भक्तपुर तरुण दलले निम्न वर्गलाई भोकै बस्न नदिने, दोस्रो चरणको सहयोग शुरु गर्ने

भक्तपुर । नेपाल तरुण दल भक्तपुरले कोरोना महामारीका बेला आफूलाई सक्रिय बनाउँदै आएको छ ।

कोरोना र निषेधाज्ञाका कारण समस्यामा परेका अति निम्न वर्गलाई खाद्यान्न लगायतका सहयोग गर्ने विषयमा भक्तपुर तरुण दलले कार्य योजना बनाउन लागेको छ ।

पहिलो चरणमा स्वास्थ्य सामग्री सहयोग र कोरोनाविरुद्ध जनचेतना फैलाउने कार्य गरेको तरुण दलले दोस्रो चरणको सहयोगको कार्यक्रम शुरु गर्न लागेको छ ।

तरुण दलका अध्यक्ष राजु थापाले कोरोनाभाइरसको दोस्रो चरणको महामारीका बेला पहिलो चरणमा स्वास्थ्य सामग्री वितरण, रक्तदान, जनचेतनालगायतका कार्यक्रम गरिएको बताए ।

नेपाली कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापाको निर्देशनमा पहिलो चरणमा तरुण दलले सक्ने कार्यक्रमहरू गरेको छ । कोरोनाका बेला जनताको सेवामा खटिएका बेला सभापति थापा आफै कोरोना संक्रमित भएर आइसोलेसनमा बसेका छन् ।

समस्यामा परेका जनतालाई सहयोग गर्नु आफूहरूको दायित्व रहेको तरुण अध्यक्ष थापाले बताए ।

भक्तपुरका तरुण साथीहरूकै सहयोगबाट सुरक्षाकर्मीलाई मास्क, सेनिटाइजरलगायतका स्वास्थ्य सामग्री वितरण गरिएको तरुण सदस्य राजु पुरीले जानकारी दिए ।

दोस्रो चरणको कोरोना महामारीका बेला उपचारमा रगतको अभाव नहोस् भनेर रक्तदान गरिएको बताएका पुरीले आउने दिनमा पनि रक्तदान गर्ने बताए ।

नेपाल तरुण दल भक्तपुर जिल्ला कार्य समिति, क्षेत्रीय कार्य समिति र नगर कार्यसमितिहरूको अग्रसरता देश कोरोना नियन्त्रणमा अग्रस्थानमा रहेर देश र जनताको सेवा गर्ने सुरक्षाकर्मी र जनतालाई सूचनाको पहुँचमा पुर्‍याउन अहोरात्र खटिने पत्रकारलाई लगायत सानो ठिमीमा अवस्थित अपाङ्गता भएका २६ परिवारलाई स्वास्थ सामग्री मास्क पञ्जा, सेनिटाइजर र आवश्यक स्वास्थ्य सामग्री वितरण गरेको नगर अध्यक्ष पुरु खड्काले जानकारी दिए ।

अक्सिजनदेखि रक्तदान गर्ने कार्य, बिपन्न जनतालाई बेड, आईसीयु तथा प्लाज्मा डोनरका लागि गुगल फारम तयार गरि रक्तदाता उपलब्ध गर्ने काम पहिलो चरणमा सम्पन्न गरेको भक्तपुर तरुण दलका अध्यक्ष थापाले बताएका छन् ।

भक्तपुर तरुण दलले अब केही दिनमै बिपन्न वर्गका जनतालाई कोही भोकभोकै बस्न नपोरोस् भनेर खाद्य सामग्री दिने योजनाका साथ कार्यविधि तयार गरिएको अध्यक्ष थापाले बताएका छन् ।

एक वर्ष अगाडि पनि कोरोना महामारीका बेला भक्तपुर तरुण दलले समस्यामा परेका सर्वसाधारणलाई खाद्यान्नसहितका सहयोग गरेको थियो । स्वास्थ्य सामग्री पनि वितरण गरेको थियो ।

Published : Tuesday, 2021 May 18, 6:13 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया