कांग्रेस सह–महामन्त्री थापाका सानो बुबाको निधन

काठमाडौं । नेपाली कांग्रेसका सह–महामन्त्री सुनिलबहादुर थापालाई सानो बुबा हरिबहादुर थापाको निधन भएको छ ।

नेपाली सेनाका पूर्वमेजर समेत रहेका थापाको काठमाडौंको मालिगाउँस्थित निवासमा सोमबार ८८ वर्षको उमेरमा हृदयघातबाट निधन भएको हो ।

हरिबहादुर थापा स्व.पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाका भाई हुन् । उनको धनकुटा जिल्लाको मुघामा जन्म भएको थियो ।

स्व.थापाका तीन छोरा र एक छोरी छन् । उनको पशुपति आर्यघाटमा अन्यष्टि गरिएको छ ।

Published : Monday, 2021 May 17, 7:21 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया