एमालेको मासुभात खाएपछि ठाकुर–महतोको उट्पट्याङ निर्णय

काठमाडौं । भक्तपुरको डोलेश्वर रिसोर्टमा एमालेको भोज खाएर जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुरले पार्टीभित्र अर्को फुटको बीउ रोपेका छन् ।

एमालेको उक्साहटमा हर्कत गर्दै आएका ठाकुरले बिहीबार आफू निकटका सांसदहरूको भेला राखेर संसदीय दलको नेता चयन गरेका छन् ।

एमालेका नेता महेश बस्नेतले ठाकुरसहितका सांसदलाई भोज खुवाउन रिसोर्टमा राखेका थिए । सोही क्रममा ठाकुरले महतोलाई बिहीबार दलको नेता बनाएको चर्चा छ ।

ठाकुरले संसदीय दलको नेता वरिष्ठ नेता राजेन्द्र महतोलाई बनाएका छन् ।

जसपाका बहुमतको सांसदहरूको भेलाले महतोलाई संसदीय दलको नेता चयन गरेको एक सांसदले बताएका छन् ।

ठाकुर समूहको भेलामा १८ जना सांसद सहभागी रहेको दाबी गरिएको छ ।

वरिष्ठ नेता महतोले आफूलाई संसदीय दलको नेता चयन गर्ने सहमति पार्टी एकताकै क्रमम भएको बताएका छन् ।

जसपाका अध्यक्ष उपेन्द्र यादवलाई कुनै जानकारी नै नदिएर ठाकुरले महतोलाई दलको नेता बनाएपछि जसपा फुट्ने पक्का भएको छ ।

ठाकुरले खड्गप्रसाद ओलीलाई साथ दिएका छन् । यादवले ओलीको विपक्षमा छन् ।

Published : Friday, 2021 May 14, 10:27 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया