एमालेको मासुभात खाएपछि ठाकुर–महतोको उट्पट्याङ निर्णय
काठमाडौं । भक्तपुरको डोलेश्वर रिसोर्टमा एमालेको भोज खाएर जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुरले पार्टीभित्र अर्को फुटको बीउ रोपेका छन् ।
एमालेको उक्साहटमा हर्कत गर्दै आएका ठाकुरले बिहीबार आफू निकटका सांसदहरूको भेला राखेर संसदीय दलको नेता चयन गरेका छन् ।
एमालेका नेता महेश बस्नेतले ठाकुरसहितका सांसदलाई भोज खुवाउन रिसोर्टमा राखेका थिए । सोही क्रममा ठाकुरले महतोलाई बिहीबार दलको नेता बनाएको चर्चा छ ।
ठाकुरले संसदीय दलको नेता वरिष्ठ नेता राजेन्द्र महतोलाई बनाएका छन् ।
जसपाका बहुमतको सांसदहरूको भेलाले महतोलाई संसदीय दलको नेता चयन गरेको एक सांसदले बताएका छन् ।
ठाकुर समूहको भेलामा १८ जना सांसद सहभागी रहेको दाबी गरिएको छ ।
वरिष्ठ नेता महतोले आफूलाई संसदीय दलको नेता चयन गर्ने सहमति पार्टी एकताकै क्रमम भएको बताएका छन् ।
जसपाका अध्यक्ष उपेन्द्र यादवलाई कुनै जानकारी नै नदिएर ठाकुरले महतोलाई दलको नेता बनाएपछि जसपा फुट्ने पक्का भएको छ ।
ठाकुरले खड्गप्रसाद ओलीलाई साथ दिएका छन् । यादवले ओलीको विपक्षमा छन् ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया