ओलीको चाल कसैले बुझ्न सकेनन्, कांग्रेस नेता खतिवडाले गरे बल्ल खुलासा

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले प्रधानमन्त्री खड्गप्रसाद ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सडकमा ल्याएर जित हासिल गरेको बताएका छन् ।

कांग्रेस नेता खतिवडाले शुक्रबार ट्वीट गर्दै ओलीले पूर्व योजना अनुसारनै प्रचण्डलाई सडकमा ल्याउन सफल भएको बताए । ओलीको एउटा मात्रै उदेश्य प्रचण्डलाई सडकमा ल्याउनु रहेको उनको टिप्पणी छ ।

‘प्रधानमन्त्री खड्गप्रसाद ओलीको पूर्व योजना माओवादीलाई सडकमा पु¥याउनु नै थियो, एकल्याउन थियो’, कांग्रेस नेता खतिवडाले भने, ‘यो समयमा केही एमाले पनि प्रयोग भए । अहिले पनि केहीलाई एमालेमा रहन उकुसमुकुस भएको छ ।’

‘अब प्रचण्डलाई साइजमा राख्न ओली सफल भएका छन् ! आगे प्रभुको आदेश’, कांग्रेस नेता खतिवडाले भनेका छन् ।

एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाललाई प्रयोग गरेर प्रचण्डले एमाले विभाजन गर्न खोजेका थिए ।

ओली एक कदम पछाडि हटेर नेपाल–खनाल समूहलाई साथमा लिएपछि प्रचण्डलाई सबैभन्दा धेरै तनाव भएको छ ।

ओलीले नेपाल–खनाल समूहलाई साथमा लिएर अल्पमतको सरकार बनाएका छन् । सपथ लिने तयारीमा छन् ।

Published : Friday, 2021 May 14, 11:23 am

फेसबुकबाट तपाईको प्रतिक्रिया