वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष गैरेको निधन

काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष विष्णुप्रसाद गैरेको कोरोनाभाइरसको संक्रमणबाट निधन भएको छ ।

संघका महासचिव सुजित श्रेष्ठले अध्यक्ष गैरेको निधन भएको बताए । गैरे ९ दिनअघि कोरोनाभाइरसबाट संक्रमित थिए ।

गैरेलाई काठमाडौं सिनामगलस्थित काठमाडौं मेडिकल कलेजमा उपचार गरिएको थियो । निधन भएको गैरे नेपाली कांग्रेसका नेता समेत थिए ।

गैरेको बिहीबार साँझ ५ बजेर ५० मिनेट जाँदा निधन भएको महासचिव श्रेष्ठले बताएका छन् । गैरेका श्रीमती र छोरा पनि कोरोनाबाट संक्रमित भएका छन् ।

स्वास्थ्य अवस्था बिग्रिँदै गएपछि भेन्टिलेटरमा राखेर उनको उपचार गरिएको थियो । उनी नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा समेत निर्वाचित भएका थिए ।

Published : Thursday, 2021 May 13, 7:02 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया