कांग्रेसलाई ठूलो धक्का, कम्युनिस्टले धोका दिए, ओलीको निर्णयले नेपाल समूहलाई फाइदा

काठमाडौं । एमालेले माधवकुमार नेपालसहित चार नेताहरूको कारबाहीको निर्णय फुकुवा गरेको छ ।

कारबाही फुकुवा भएसँगै नेपाली कांग्रेसको नेतृत्वमा सरकार बन्ने सम्भावना निकै कम भएको छ ।

बालुवाटारमा बिहीबार बसेको स्थायी कमिटीको बैठकले वरिष्ठ नेता माधवकुमार नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसालमाथिको निलम्बनको कारबाही फुकुवा गर्ने निर्णय गरेको एमालेका एक नेताले बताएका छन् ।

नेपाल समूहका सांसदहरूले बिहीबार सामूहिक राजीनामा दिने चर्चा भइरहेका बेला एमालेका अध्यक्ष एवम् कामचलाउ सरकारका प्रधानमन्त्री खड्गप्रसाद ओलीले काबाही फुकुवा गरेर आफू पुनः प्रधानमन्त्री बन्ने बाटो खोलेका छन् ।

कम्युनिस्टहरूको भर हुँदैन भन्ने कुरा फेरि पुष्टि भएको छ । माधव नेपाल र विष्णु पौडेलबीच बिहीबार बिहान कोटेश्वरस्थित निवासमा वार्ता भएपछि स्थायी कमिटीको बैठक बसेर कारबाही फुकुवा भएको छ ।

Published : Thursday, 2021 May 13, 11:24 am

फेसबुकबाट तपाईको प्रतिक्रिया