औकातमा आए ठाकुर–महतो, उपेन्द्र यादवसँग भिड्न नसकेपछि ओली–भण्डारीको गुँडमा पुगे

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले पार्टीभित्रको आन्तरिक विवादलाई राष्ट्रपति विद्यादेवी भण्डारीसँग गुनासो गरेका छन् ।

शीतल निवासमा बुधबार ठाकुर–महतोले भण्डारीलाई भेटेर पार्टीभित्रको विवादबारे जानकारी गराएका हुन् ।

उनीहरूले आफ्नो पार्टी वैकल्पिक सरकारको पक्षमा नरहेको भण्डारीलाई जानकारी गराएका छन् । ठाकुर–महतोले कामचलाउ सरकारका प्रधानमन्त्री खड्गप्रसाद ओलीलाई साथ रहने भण्डारीसँग अनुरोध गरेको स्रोतले जनाएको छ ।

ठाकुर–महतोले अर्का अध्यक्ष उपेन्द्र यादवले सरकार गठनका लागि पार्टीको सिफारिस ल्याएमा नमान्न समेत आग्रह गरेका छन् ।

ठाकुरले उपेन्द्र यादव जसपाको दोस्रो वरीयताको अध्यक्ष भएको जानकारी भण्डारीलाई गराएका छन् । निर्वाचन आयोगमा समेत ठाकुरकै हस्ताक्षर चल्ने जानकारी ठाकुर–महतोले भण्डारीलाई गराएका छन् ।

ठाकुर–महतो एमालेसँग मिलेर जाने पक्षमा छन् । ठाकुर–महतो कांग्रेससँग मिल्ने पक्षमा छैनन् ।

राष्ट्रपति भण्डारीलाई भेट्नुअघि ठाकुर–महतो दुवैले प्रधानमन्त्री खड्गप्रसाद ओलीसँग बालुवाटारमा भेट गरेका थिए ।

Published : Wednesday, 2021 May 12, 6:38 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया